Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आज छठ पर्व मनाइँदै

एचकेनेपाल डट कम संवाददाता-
तराईबासी नेपालीको महान चाड छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

मधेस तराई क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व अन्य क्षेत्रमा समेत मनाउन थालिएको छ। छठ पर्वको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।

कात्तिक शुक्ल सप्तमीको दिन बिहान उदाउदो सूर्यलाई अर्घ दिएर सम्पन्न गरिने यो पर्वका ब्रतालुहरुले माछा मुसुराको दाल लगायतका खाद्यवस्तु नखाइ ब्रतको विधि सुरु गर्ने गर्छन्।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पुरा होस् भन्ने उद्धेश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा तराईका नदी-तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ।

काठमाडौंमा बस्ने तराईबासीले विगत केही वर्षदेखि रानीपोखरीमा भेला भई सो पर्व मनाउँदै आएका छन्।

सूर्य आराधनाको यस पर्वलाई ‘छठ’ भन्ने चलन छ। चैत महिनाको शुक्लपक्षमा ‘चैती छठ’ र कात्तिक महिनाको शुक्लपक्षमा ‘कात्तिकी छठ’ मनाउने परम्परा रहे पनि कार्तिकी छठको महत्व ठूलो भएकाले धेरैजसो श्रद्धालुले कार्तिकी छठलाई महत्व दिने गर्छन्।

यो पर्वलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया पूजा पनि भन्ने गरिन्छ।

उल्लासमय वातावरणमा मनाइने यस पर्वको पहिलो दिन व्रतालु नुहाएर चोखो भई आफैँले बनाएको सात्विक भोजन गर्ने गर्छन्।





Comments

comments

Leave a Reply

14882