हङकङको विधायी चुनाव निर्धारित मितिमै हुने

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ३ डिसेम्बर । ताइ पोस्थित वाङ फुक कोर्टमा गत बुधवार भीषण आगलागीमा ठूलो धनजनको क्षति भए पनि आइतबार हुने हङकङको विधानसभा (लेग्को) चुनाव निर्धारित मितिमै हुने भएको छ।

-

आइतबार हुने विधानसभा चुनाव तोकिएकै मितिमा हुने मुख्य सचिव एरिक चानले बताएका छन्।

चानले चुनावी बहस सुचारु हुने भएपनि उत्सवजन्य कार्यक्रम भने रद्द गरिएको जानकारी दिए।

“पीडितलाई राहत दिन नयाँ विधानसभा चाँडो चाहिन्छ, मतदान नै सबैभन्दा ठूलो सहयोग हो,” उनले भने।

आगलागी पीडित र प्रभावित क्षेत्रका मतदातालाई निःशुल्क यातायातको व्यवस्था गरिने जनाइएको छ।





Comments

comments

134465