Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मह जोडी टोलीको देउसी भैलोमा ४५ लाख संकलन

विजय थापा, वाशिंगटन डीसी –
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसि) को देउसी भैलो कार्यक्रम- २०१६ गत नोभेम्बर ६ तारिख मह जोडीको साथमा बाल्टिमोर शहरमा ऐतिहासिक सफलताको साथ सम्पन्न भएको छ।

डीसी महानगर क्षेत्रका बिभिन्न शहरमा बसोबास गर्ने नेपाली समुदायसंग अग्रिम सूचना दिएर एक दर्जन स्थानमा देउसी खेल्न निस्केको टोलीले नेपाली राजदूताबासबाट देउसी भैलोको प्रारम्भ गरी महाबाणिज्यदूत प्रेमराजा महतको बाल्टिमोरस्थित नेपाल हाउस नामक चमेना गृहमा २०१६ को देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ।

उक्त टोलीले अक्टोबर २८ देखि शुभारम्भ गरि नोवेम्बर ६ तारिख करिब एक हप्तासम्म देउसी भैलो खेली २०१६ को देउसी भैलो विधिवत रुपमा समापन गरेको घोषणा गरिएको थियो।

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रका सभापति खिलेन्द्र न्यौपानेले सन् २०१४ देखि देउसी भैलो खेल्न सुरु भएको जनाउदै यो बर्ष समेत २०१४ देखि २०१६ समेत ३ बर्ष भएको बताए। आफू भाग्यशाली रहेछु भन्दै त्यो भन्दा अगाडि देउसी खेलिदैन थियो भन्दै सन् २०१४ मा करीब १० हजार डलर ,२०१५ मा करिब २८ हजार डलर संकलन गरेको र यस बर्ष २०१६ मा करिब ४५ हजार डलर (करिब ४५ लाख नेरु )संकलन गरेको बताए।

उनले थप जानकारी दिदै देउसी भैलो खेल्नुको मुख्य उद्धेश्य नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रमा पशुपति बुद्ध मन्दिर समेत रहेकोले यसलाई समुदायमुखी बनाउने र पुर्याउनु रहेको हो भने अमेरिकामा जन्मिएका दोश्रो पुस्तालाई संस्कृति तथा परम्परालाई उनीहरुलाई ब्यबहारिक रुपमा अवगत गराउदै यसलाई जगेर्ना तथा संरक्षण गर्ने मुख्य उद्धेश्यले घर दैलो अभियान चलाइएको बताए।

एनईसीसी देउसी भैलो कार्यक्रम टोली २०१६ का संयोजक परशु तिमिल्सिनाले यस बर्ष टोलीले निकै मेहनत र योजना गरेकोले बिगत बर्ष भन्दा निकै राम्रो अर्थ संकलन हुन् सकेको बताए। तिमिल्सिनाले अगाडि भने मह जोडीसंग बाल्टिमोरमा महाबाणिज्यदूतको आँगनमा देउसी भैलो खेल्दा मात्र एकै ठाउँमा करिब ७ हजार डलर उठेको बताए। उक्त अर्थ सकलनबाट मन्दिरको विकास निर्माणमा खर्च गरिने तिमिल्सिनाले बताए।

महाबाणिज्यदूत प्रेमराजा महतले मह जोडी तथा एनईसिसि देउसी–भैलो टोलिलाई स्वागत गरेका थिए भने राजदूत अर्जुनकुमार कार्कीले कार्यक्रममा साथ दिने मह जोडीलाई एनईसीसीको तर्फ बाट मायाको चिनो प्रदान गरेका थिए। अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायको तर्फबाट मह जोडीलाई राजदूत कार्कीले धन्यबाद दिएका थिए।

उक्त कार्यक्रममा बोल्दै राजदूत कार्कीले तन यता भए पनि मन नेपाल जाओस् भन्ने एनईसीसीको नारालाई उद्धृत गर्दै बिदेशमा रहेर पनि आफ्नो संस्कृतिलाई सम्बर्धन गर्ने काममा एनईसीसीको प्रशंसा गरेका थिए।

बाल्टिमोरमा देउसी भैलोको साथै मनासस नेपाली पाठशालाका बिधार्थीका नृत्य प्रस्तुति अद्वितीय रहनुको साथै संयोजक परशु तिमिल्शिनाले भट्याउदा टोलीले साथ दिएका थिए भने महिलाहरुले पनि भैलो गीत सामूहिक रुपमा प्रस्तुत गरेका थिए।

मह जोडीले उक्त देउसी भैलो टोलिीसंग देउसी खेल्नुको साथै आशिर्बचन दिदै बिदेशमा रहेता पनि नेपाली संस्कृति ,परम्परा तथा संस्कारलाई निरन्तरता दिन सकेकोमा दुवैले हर्ष व्यक्त गरेका थिए। र नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको प्रशंसा गरेका थिए।

मह जोडीले सन् १९९० देखि नै नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रलाई सहयोग पुर्याउदै आएको तिमिल्सिनाले बताउदै मन्दिरमा रहेको बुद्धको मन्दिरमा पनि मह जोडीको केहि समर्पण रहेको जानकारी दिए।

यस बर्षको देउसी भैलो खेल्ने क्रममा ३ जनाले १ हजार ५ सय डलर जनही प्रदान गर्नुको साथै करिब आधा दर्जन व्यक्तिहरुले १ हजार डलर जनही एनईसीसी देउसी टोलीलाई दिए। करिब ७५ जनाले हरेक दिनको १ डलरको दरले बर्ष भरिको लागि ३ सय ६५ डलर दिएको जानकारी सभापति न्यौपाने दिए।

देउसी टोली २०१६ का सम्पूर्ण टोली समूह सदस्यलाई मह जोडीले प्रशंसा पत्र वितरण गरेका थिए भने संस्थाकी उपाध्यक्ष सरोज प्रजापतिले कुल रकम उठेको जानकारी गराइन्। कार्यक्रमको सभापतित्व खिलेन्द्र न्यौपानेले गर्नुको साथै धन्यबाद ज्ञापन गरेका थिए।





Comments

comments

Leave a Reply

14902