Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजेशपायलले हल्लाए अमेरिका…

एचकेनेपाल डट कम संवाददाता –
नेपालका सर्वाधिक लोकप्रिय गायक राई इज किङ याने कि राजेशपायल राई यतिबेला आफ्नो युएसए टुरमा छन्।

उनले सोमबार आफ्नो सातौं प्रस्तुती उटाहस्थित साल्ट लेकमा भरपूर मनोरञ्जन दिदै आफ्नो धमाकादार प्रस्तुती कायमै राखे।

दर्शन नमस्ते ३ को अत्यधिक डिमाण्डलाई ध्यानमा राख्दै उनले दर्जनौं गीत प्रस्तुत गरे। कार्यक्रम अत्यन्त सफल अनि भव्य भएको जानकारी कार्यक्रमका आयोजक राजेन्द्र ह्युजुले बताए।

कार्यक्रम नेपाली सोसाइटी साल्ट लेकको आयोजनामा भएको थियो भने कार्यक्रमलाई निर्देशक सुमन दाहालले संचालन गरेका थिए। कार्यक्रममा राईजिङ भुटानिज आर्टिस्टको पनि धमाकादार प्रस्तुती रहेको थियो।

अब राईको अर्को कार्यक्रम नोभेम्बर १९ तारिख न्युयोर्कमा हुंदैछ भने नोभेम्बर २७ तारिख हङकङ आउंदैछन्।





Comments

comments

Leave a Reply

14904