Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चिनियाँ टोलीप्रति नेपाल सरकारको ‘अपमान’

नेपाल सरकारको उच्च तहबाट उदासीनतापूर्ण व्यवहार भोगेपछि उत्तरी छिमेकी चीनबाट हालै नेपाल भ्रमणमा आएका दुई प्रतिनिधि मण्डल असन्तुष्ट भई स्वदेश फर्केका छन्।

यही कात्तिक १५ देखि १८ सम्म नेपाल भ्रमणमा आएको चीनको छिङ्हाई प्रान्तका सार्वजनिक सुरक्षा मामिला प्रमुख वाङ चोङसङ नेतृत्वको टोलीले ‘अपमानजनक’ व्यवहार भोगेर फर्केको खबर अन्नपूर्ण पोष्टले छापेको छ।

गृह मन्त्रालयको निमन्त्रणामा आएका ६ सदस्यीय चिनियाँ टोलीलाई मन्त्रालयका उच्च अधिकारी नभेटी फर्काइदिएका छन्।

चिनियाँ टोलीले नेपालका सुरक्षा अंगका प्रमुखसँग भेट्न समय मागे पनि नदिएपछि कसैलाई नभेटी उनीहरु स्वदेश फर्किएका हुन्।

गृह अधिकारीलाई भेट्ने कोसिस सफल नभएपछि उनीहरु नगरकोट पुगेरस्वदेश फर्किएका थिए । निकट छिमेकी मुलुकको प्रतिनिधिमण्डललाई कुटनीतिक परम्पराअनुसार उचित आतिथ्य र व्यवहार गर्नुपर्नेमा गृह मन्त्रालयले उल्टो व्यवहार गरेको छ।





Comments

comments

Leave a Reply

14907