Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

देउवाको झुट तस्वीरले खोलि दियो

नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले भारत भ्रमणका बेला कुनै तिब्वती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको दाबी गरेको २४ घण्टा नबित्दै विब्वती नेतासँगै बसेको उनको फोटो सार्वजानिक भएको छ।

इन्डिया फाउन्डेसनले भारतको गोवामा आयोजना गरेको कार्यक्रममा सहाभागि हुने क्रममा तिब्वती निर्वासन सरकारप्रमुख (प्रधानमन्त्री) लेप्साङ साङेसँग बसेको नेता देउवाको फोटो बाहिर आएको हो।

देउवाले भारतमा साङेसँग भेटवार्ता गरेको भन्दै चिनले नेपालसँग असन्तुष्टि जनाएपछि परराष्ट्रमन्त्री प्रकाश शरण महतले मंगलबार पत्रकार सम्मेलन गरि देउवाले त्यस्तो भेटवार्ता नगरेको भन्दै बचाउ गरेका थिए। भारत भ्रमणबाट बुधबार स्वादेश फकर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षामा देउवाले कुनै पनि तिव्बती नेतासँग भेट नभएको दाबी गरेका थिए।

फाउन्डेसनको कार्यक्रमस्थलको दर्शकदिर्घामा देउवा र साङे सँगै बसेको फोटो साउथ एसिया चेकले सार्वजनिक गरेको खबर नागरिक दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

14957