Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

छुट्टिए सलमान–युलिया

केही महिनायता भारतीय मिडियामा सबैभन्दा बढी समाचार आएको थियो, बलिउड अभिनेता सलमान खान र रोमानियाकी मोडल युलिया वन्तुरको विवाह हुनेबारे।

कतिले त सलमानले १८ नोभेम्बरमा विवाह गर्ने निश्चित भएको बताएका थिए। यस्तो अनुमान किन पनि गरिएको थियो भने सलमान र युलियाको सम्बन्ध निकै बलियो थियो। उनीहरू एयरपोर्टदेखि पारिवारिक पार्टीसम्म पनि सँगै देखिए।

तर, अब यो विगत भएको छ। केही समययता युलिया र सलमानको सम्बन्ध बिग्रिएको एउटा इन्टरटेनमेन्ट वेबसाइटमा छापिएको छ। ‘आपसी असमझदारीले उनीहरू छुट्टिएका हुन्,’ दैनिक भास्करले उद्धृत गरेको छ, ‘त्यसैले पनि हुनुपर्छ, युलिया निकै समयदेखि भारत आएकी छैनन्।’
(नयाँपत्रिकाबाट)





Comments

comments

Leave a Reply

14959