Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल प्रहरीका प्रमुख अर्याललाई हटाउन मिडिया मालिकहरुको दौडधुप

नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याललाई हटाएर एआईजीपी राजेन्द्र सिंह भण्डारीलाई प्रमुख बनाउन ठूलो चलखेल सुरु भएको छ।

राष्ट्रिय राजनीतिलाई नै असर पार्ने गरी अगाडि बढिरहेको यो खेलमा मिडिया मालिकहरु पनि भिडेर लागेको बुझिएको छ।

भण्डारीलाई आईजीपी बनाउने डिजाईन अन्तर्गत कान्तिपुर पब्लिकेसनबाट छुट्टिएपछि पानी बाराबारको अवस्थामा रहेका कैलाश सिरोहिया, रामेश्वर थापालाई एआईजीपी राजेन्द्र सिंह भण्डारीले मिलापपत्र गराए।

कैलाश, रामेश्वर, राजेन्द्रको संयुक्त बैठकले शेरबहादुर देउवालाई मिलाउने र सहमत गराउने निर्णय गर्यो । यो कामको जिम्मा कैलाश सिरोहियाले लिए।

प्रचण्डलाई मिलाउने जिम्मा रामेश्वरले लिए। रामेश्वरले अरु कसैलाई थाहा पत्तो नदिई गोप्य रुपमा पटक–पटक प्रचण्डलाई भेटेको बुझिन्छ।

देउवालाई पनि सिरोहियाले पटक–पटक भेटेर आईजीपी उपेन्द्रकान्तलाई फाल्ने कुरामा सहमत गराए।

त्यसपछि देउवाले अर्याललाई फाल्ने र भण्डारीलाई ल्याउने डिजाईन कार्यान्वयन गर्न गृहमन्त्री विमलेन्द्र निधिलाई सहमत गराए।

प्रहरी नियमवाली संशोधन मन्त्रिपरिषद्मा लगेर साटसुट पास गराउन देउवाले निधिलाई अह्राए। यो गोप्य कुरा आइजीपी अर्यालले थाहा पाए।

आईजीपी अर्यालले आफ्नो पद जोगाउन फलामले फलाम काट्छ भन्ने नीति अपनाए । उनले आफू विरुद्वको यो खलको भण्डाफोर गर्ने जिम्मा दिए नागरिक दैनिकका मालिक विनोद ज्ञवालीलाई।

आईजीपी अर्यालको अनुरोध अनुसार विनोद ज्ञवालीले नागरिक दैनिकमा आईजीपी अर्याल फाल्ने भित्री खेलको पर्दाफास गरे।

यी सबै खेलमा एआइजी राजेन्द्र सिंह भण्डारीका नेतृत्वमा कैलास सिरोहिया, रामेश्वर थापा, आरजु राणा देउवा र कान्तिपुर पब्लिकेसनकी निर्देशक स्वस्तिका सिरोहिया समेत शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डलगायत सात जनाको साँठगाँठ देखिएको खबर साँघु साप्ताहिकले छापेको छ।





Comments

comments

Leave a Reply

15006