सामाजिक सञ्जालमा भाइरल भएको “डुप्लिकेट” बाराक ओबामा

झट्ट हेर्दा यी दुई तस्बिरका व्यक्ति एटै हुन् जस्तो लाग्छ । तर, यी दुवै अमेरिकाका राष्ट्रपति बाराक ओबामाका तस्बिर हुन् भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । किनकि यी दुई तस्बिरमध्ये पहिलो मात्रै ओबामाको हो । दोस्रोचाहिँ एक इन्डोनेसियाली नागरिकको हो जो अहिले सामाजिक सञ्जाल तथा अनलाइनमा व्यापक भाइरल भएका छन्।

तर, विश्वचर्चित व्यक्तिको ठ्याक्कै सक्कल मिल्ने तस्बिर सार्वजनिक भएको यो पहिलोपटक होइन । यसअघि भारतीय पूर्वराष्ट्रपति अब्दूल कलाम, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड अभिनेता शाहरुख खान, स्वामी विवेकानन्दलागायतको ठ्याक्कै सक्कल मिल्ने व्यक्तिहरूको तस्बिर पनि सार्वजनिक भएका थिए । ती व्यक्तिले पनि व्यापक चर्चा पाएका थिए । जसरी यी अनुहार चर्चामा थिए, त्यस्तै अहिले ओबामाका तस्बिर सार्वजनिक हुँदा व्यापक चर्चा भएको खबर नयाँपत्रिका दैनिकले छापेको छ।

सामाजिक सञ्जालमा ‘डुप्लिकेट’ बाराक ओबामा भन्दै भाइरल भएको यो तस्बिर इन्डोनेसियाली नागरिक इल्हम अनसको हो । इल्हमको यो तस्बिर सामाजिक सञ्जालमा आएपछि धेरै मान्छे झुक्किए । राष्ट्रपति कार्यकाल सकिएर बाराक ओबामा ह्वाइट हाउसबाट बाहिरिदै गर्दा यो तस्बिर सामाजिक सञ्जालमा झन् भाइरल भएको छ।

तर, तस्बिर ठ्याक्कै मिले पनि इल्हमको र बाराक ओबामाको कथा धेरै फरक छ । ओबामा विश्वकै धनी राष्ट्र अमेरिकाका राष्ट्रपति हुन् भने इल्हम निम्नवर्गीय परिवारका सदस्य हुन् । तर, इल्हमले ओबामासँग अनुहार मिल्नुको फाइदा उठाउन भने चुकेका छैनन् । पछिल्लो समय उनी ओबामासँग मिल्ने अनुहार देखाएर नै परिवारको रोजीरोटीको जोहो गरिरहेका छन् । अब त उनलाई फुर्सद मिल्न पनि अत्यन्त कठिन भइसकेको छ। किनकि पछिल्लो समय उनलाई कार्यक्रहरूमा अत्यन्त धेरै निमन्त्रणा आउन थालेका छन्। उनी ती कार्यक्रमबापत नै केही पैसा कमाउँछन्।





Comments

comments

Leave a Reply

15023