नेपालले एफसी सोलिडारिटी कप फुटबलको उपाधि जित्दै रच्यो नयाँ इतिहास …

LIVE: नेपाल र मकाउको फाइनल खेलको प्रत्यक्ष प्रसारण

नेपालले एफसी सोलिडारिटी कप फुटबलको उपाधि जित्दै रच्यो नयाँ इतिहास …
काठमाडौं, ३० कात्तिक । नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जित्दै नयाँ इतिहास रचेको छ ।

मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा मंगलवार भएको खेलमा मकाउलाई १-० गोलअन्तरले पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ। यो नेपाली फुटबल इतिहासमा सबैभन्दा ठूलो उपलब्धी हो।

नेपालका लागि सुजल श्रेष्ठले खेलको २९ औं मिनेटमा गरेको एकमात्र गोलले उपाधि जिताएको हो। भरत खड्काको क्रस पासमा सुजलले हेडमार्फत गोल गरेका थिए।

नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै एसियालीस्तरको प्रतियोगितामा पहिलोपटक फाइनलमा पुगेको थियो।

बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपको उपाधि र भारतको गुवाहाटीमा भएको सागको फुटबलमा स्वर्ण पदक जितेको नेपालले आजको उपाधिको जितसंगै ह्याट्रिक गरेको छ। नेपाली टिमलाई हार्दिक बधाई तथा शुभकामना!

बिमल भन्छन्,-‘मकाउसँग तीन करोड नेपाली खेल्नेछन्’
काठमाडौं, ३० कात्तिक । मलेसियामा जारी पहिलो एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले आज साँझ मकाउसंग खेल्दै छ।

कुचिङको सरावाक मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार साँझ सवा ५ बजे हुँदैछ।

स्ट्रइकर बिमल घर्ती मगरले मकाउसंग फाइनलमा ३ करोड नेपालीले खेल्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबूकमा स्टाटस पोष्ट गर्दै भनेकाछन्- ‘मकाउसंग फाइनल खेल्दा ३ करोड नेपाली खेल्दै छौ। आशा गरौ नतिजा हाम्रो पक्षमा आउनेछ।’ उनले ११ जना खेलाडीमात्र नभई ३ करोड नेपालीले उपाधिको लागि मकाउसंग खेल्न लागेको बताएका छन्।

नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै एसियालीस्तरको प्रतियोगितामा पहिलोपटक फाइनलमा पुगेको हो।

त्यसैगरी, मकाउले पनि सेमिफाइनलमा पेनाल्टी सुटआउटमा ब्रुनाईलाई पराजित गर्दै फाइनलमा पुगेको हो।






Comments

comments

Leave a Reply

15025