Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एनबी दाहालको गीतमा निराजन र मिराको रोमान्स

एचकेनेपाल डट कम संबाददाता –
नेपाली सुगम संगीतका पुराना गायक, संगीतकार तथा गीतकार एनबि दाहालको नयाँ म्युजिक भिडियो ‘तिम्रो दिल चोरेकै हो ..’ रिलिज भएको छ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका एनबि दाहाल आँफैले शब्द तथा संगीत दिएको यस गीतको म्युजिक भिडियोमा मोडेल निराजन प्रधान र नायिका तथा गायिका मिरा गुरुङलाई देख्न सकिन्छ।

नेपाली संगीतमा ३ दशकभन्दा बढी समयदेखि सकृय एनबि दाहाल गायक, गीतकार र संगीतकारको रुपमा परिचित छन्। निराजन पछिल्लो समयमा ब्यस्त मोडेल हुन भने मिरा गुरुङ , गुरुङ भाषाको चलचित्रकी अभिनेत्री हुन।

उनी पछील्लो समय गायिकाको रुपमा पनि प्रस्तुत भएकी छिन् । गायिका तथा मोडेल मिरा गुरुङको म त गुरुङको छोरी र मायालाई भने दुई भिडियो रिलिजको तयारीमा छन्।

“आर्टिस्ट नेपाल प्रोडक्सन”को ब्यानरमा निर्माण भएको म्युजिक भिडियोको निर्देशन संचारकर्मी तथा निर्देशक नव ढुंगेलले गरेका हुन्। म्युजिक भिडियो निर्माण तथा बिज्ञापन निर्माणमा सकृय ढुंगेलले यस भिडियोलाई पोखरा तथा काठमाडौंको मसला कटेजमा सुट गरिएको बताउछन्।

अमृत सुनुवारको छायांकन, माधव बेल्बासेको सम्पादन रहेको यस गीत तथा भिडियोलाई ‘आर्टिस्ट नेपाल नेटवर्क’ले बजार ब्यबस्थापन गर्न लागेको हो। म्युजिक भिडियोमा २ प्रेमी प्रेमिका बिचको रोमान्सलाई कलात्मक ढंगबाट उतारिएको छ।

हेर्नुहोस् , भिडियो पनि –





Comments

comments

Leave a Reply

15074