Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोर्चुगलमा गोर्खालीहरुले डा. भट्टराईको सम्मान गर्दै राजदूतावासको माग गरे

सुनिल संगम, लिस्बन – पोर्चुगल भ्रमणमा रहेका भूतपूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको सम्मानमा गोर्खा समाज पोर्चुगले एक स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रम औपचारिक रुपमा सम्पन्न गरेको छ।

पोर्चुगलमा विभिन्न पेशा तथा रोजगारीमा रहेका गोर्खालीहरुको उलेखनीय उपस्थिति रहेको उक्त कार्क्रममा डा. भट्टराईलाई गोर्खा समाजको तर्फबाट संयोजक रुपक श्रेष्ठले स्वागत तथा सम्मान गरेका थिए भने एक आपसमा परिचय गर्दै पोर्चुगलमा नेपालीहरुको स्थीति तथा समस्याहरुको बारेमा जानकारी गराएका थिए।

पोर्चुगलमा रहेका नेपालीहरुको प्रमुख समस्याहरुको समाधान गर्न श्रम सहचारीसहितको नेपाली राजदूताबासको अति आबश्यक रहेको जानकारी गराउँदै पोर्चुगलमा नेपाली दूतावासको स्थापना र नेपालमा पोर्चुगाली दूताबास स्थापना गर्न आबश्यक कुटनैतिक पहल गर्न र जति सक्दो छिटो VFS Global स्थापनाको माग गर्दै ज्ञापन-पत्र बुझाएका थिए।





Comments

comments

Leave a Reply

15076