नोट प्रतिबन्धले ३३ को मृत्यु….

भारत सरकारले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएपछि एक साताभित्र मुद्रासँग जोडिएका विभिन्न घटनामा ३३ जनाको मृत्यु भएको छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएपछि भारतभर यसको गहिरो प्रभाव परेको छ। ती दुई नोटलाई प्रतिबन्ध घोषणा गरेको एक साताभित्र मुद्रासँग जोडिएका घटनामा ३३ जनाको मृत्यु भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। मुद्रा प्रतिबन्धकै कारण केहीले आत्महत्या गरेका छन् भने धेरैलाई हृदयाघात भएको छ।

नोटकै कारण हृदयाघात र आत्महत्या
कालो धन र भ्रष्टाचार नियन्त्रण गर्न सरकारले चालेको अप्रत्याशित कदमको मारमा सर्वसाधारण परेका छन् । उनीहरूमा चरम असुविधा भएको छ र मनोवैज्ञानिक त्रास बढेको छ । आर्थिक तनावपछि हृदयाघातका कारण केहीको मृत्यु भएको छ। आर्थिक संकट सामना गर्न नसक्दा केहीले आत्महत्या गरेका छन्।

सरकारले नोभेम्बर ८ मा पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएको खबर सुनेलगत्तै फैजाबादका एक व्यापारीको हृदयाघातका कारण मृत्यु भएको भारतको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ। त्यस्तै, पैसा साट्न बैंकमा घन्टौँ लामो लाइनमा बस्नुपर्दा पनि वृद्धवृद्धाको हृदयाघात भएर मृत्यु भएको छ।

महाराष्ट्रको नन्डेड जिल्लामा रहेको एउटा बैंकमा पैसा साट्न लाइनमा बसेका एक ७० वर्षीय वृद्धको मृत्यु भएको पिटिआईले जनाएको छ। त्यस्तै, अर्का एक ७३ वर्षीय वृद्धको पनि मुलुन्डमा बैंकमा नै लाइन बस्ने क्रममा हृदयाघात भएको छ । पुराना नोट बैंक डिपोजिट गर्ने क्रममा शुक्रबार केरलामा एक ४८ वर्षीय व्यक्तिको मृत्यु भएको छ।

महिला र पुरुषका लागि छुट्टा छुट्टै लाइनको व्यवस्था गरिएको छ । घन्टौँसम्म लाइनमा कुर्नुपर्दा केही मानिस सडकमै ढलेका छन् । अहमदाबादका एक किसानको शनिबार बैंकमा लाइनमा बस्दाबस्दै हृदयाघात भएर मृत्यु भएको छ। त्यस्तै, गुज्रातको सुरेन्द्रनगर जिल्लाको बैंकमा लाइन बस्ने क्रममा ६९ वर्षीय पुरुषको मृत्यु भएको छ । पैसा साट्न नपाएपछि मंगलबार अनुपसारका एक किशोरले आत्महत्या गरेका छन् । १२ कक्षाका विद्यार्थीले सिलिङमा झुन्डिएर आत्महत्या गरेका हुन्।





Comments

comments

Leave a Reply

15080