भारतको कानपुरमा आइतवार बिहान रेल दुर्घटना हुंदा मृत्यु हुनेको संख्या ६३ पुगेको छ। पटना–इन्दौर एक्सप्रेस रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर दुर्घटना हुंदा कम्तीमा १५० जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार इन्दौरबाट पटनाका लागि छुटेको रेल बिहान करीब तीन बजे दुर्घटनामा परेको हो।