Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अन्तर्राष्ट्रिय युवा सम्मेलन ढाकामा सम्पन्न, अर्को वर्ष नेपालमा हुने

एचकेनेपाल डट कम –
‘दिगो युवा विकासका लागि दक्ष युवाशक्ति’ भन्ने नाराका साथ बंगलादेशको राजधानी ढाकामा अन्तर्राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ।

बिहिबारदेखि शुरु भएको सम्मेलन अर्को वर्ष नेपालले आयोजना गर्ने गरी शनिबार राति अबेर सकिएको छ। श्रीलंकाले शनिबार अबेर आफ्नो दावेदारी फिर्ता लिएपछि नेपालले यो अवसर प्राप्त गरेको हो।

सम्मेलनको समापन समारोहमा बोल्दै प्रमुख अतिथि सूचना प्रविधि मन्त्रालयका सचिव श्याम सुन्दर सिक्दरले बंगलादेशजस्ता देशहरुले ठूला विकास परियोजनामा जोड दिई देशको विकास तथा युवा रोजगारीको सिर्जना गर्नुपर्ने बताए । उनले यही लक्ष्यका साथ बंगलादेशका विभिन्न विकास परियोजनाहरुमा आगामी वर्षसम्ममा दुई लाख नयाँ रोजगारी सिर्जना गरिने बताए।

सम्मेलनमा बोल्दै नेपाली टोलीका प्रमुख सुवास मल्लले विकासशिल देशहरुमा रहेको युवा जनशक्ति प्रचुरताको अवस्थाबाट ति देशहरुले लाभ लिन स्पष्ट नीतिको खाँचो रहेको बताए। समारोहमा नेपाललगायत बंगलादेश, श्रीलंका, भारत, ब्राजिल, प्यालेष्टाइन, अफगानिस्तान, न्युजिल्याण्ड, अमेरिकाजस्ता १४ देशका ३०० युवा प्रतिनिधिहरुले भाग लिएका थिए। सुजन पौडेल, भानु पौडेल, रमेश सिंह, दीपक तिवारी, धर्मदत्त पौडेल र पोमलाल गिरीले पनि सहभागीता जनाएका थिए।

सम्मेलनका विभिन्न सत्रहरुमा नेपाली टोलीको तर्फबाट गोविन्द गिरी, विश्वदर्शन पराजुली, अमृत सुवेदी, रविन्द्रराज पौडेल, प्रभा भुजेल, सुजन पौडेल, भानु पौडेल, दीपक तिवारीलगायतले आफ्ना भनाईहरु राखेका थिए । त्यसै गरी शकुन्तला शर्मा, विश्वदर्शन पराजुली, दुर्गाराज पाण्डे, रमेश सिंह, धर्मदत्त पौडेल, पोमलाल गिरी लगायतले साँस्कृतिक प्रस्तुत समेत राखेका थिए।

उक्त अवसरमा नेपालजस्ता अल्पविकशित तथा विकाशशिल देशहरुमा व्याप्त युवा रोजगारीको समस्या, समाधान तथा विदेश पलायनका विविध आयामहरुको बारेमा छलफल भएको थियो । कार्यक्रमका विभिन्न सत्रहरुमा बेरोजगारी, युवा नेतृत्व विकास, युवा सशक्तिकरण, स्वयंसेवा तथा दक्ष रोजगारी लगायतका विषयहरुमा छलफल गरिएको थियो।

बंगलादेशका विभिन्न संस्थाहरु स्टेप अप फाउण्डेसन, लाइफ एण्ड स्किल डेभलोप्मेण्ट क्लब, होप’८७ तथा न्युजिल्याण्डका संस्थाहरु बाज्डा र लाइफ स्किल कोचिङ्गको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा नेपाली टोलीको व्यवस्थापन पोखराको गुरुचेला एजुकेशनले गरेको हो।





Comments

comments

Leave a Reply

15094