Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियन फिल्म तथा फुड फेस्टिवल पोखरामा सम्पन्न

दिननाथ बराल
पोखरा ५, मंसिर । कोरियन राजदूतावासको आयोजनामा शनिबार पोखरामा कोरियन फिल्म तथा फुड फेस्विटवल सम्पन्न भएको छ।

कोरीयाको कला संस्कृति तथा खानाको प्रवर्द्र्धन गर्ने उद्धेश्यले आयोजना भएको उक्त फेस्टिवलमा पोखराका पर्यटन व्यावसायी, उद्योगी व्यवसायी, खेलकुदकर्मी, विभिन्न क्लव तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु गरी करीब ३ सय जनाको सहभागिता रहेको पोखराका पर्यटन व्यवसायी तथा कार्यक्रम संयोजक मदन केसीले बताए।

माउण्ट कैलाश रिसोर्टमा संचालन भएको उक्त फेस्टिवलमा कोरियन फिल्म तथा फुडफेस्टिवल पोखरामा आयोजना हुनुले दुई देश विचको कला, संस्कृतिसहित पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने भएको केसीले बताए। कोरियाको संस्कृतिसहित खाना र त्यहाँको फिल्मको बारेमा नेपाली माझ जानकारी गराउने उद्धेश्यले विगतका बर्षदेखि नेपालमा हुदै आएको कोरियन राजदूतावासका एक कर्मचारी शिव पोखरेलले बताए।

स्पिड स्क्याण्डल र २ सय पाउण्ड व्यूटि नामका दुई वटा फिल्मसहित कोरीयन करीब ७ प्रकारका परिकारका खाना फेस्टिवलमा उपलब्ध भएको उनले बताए। उक्त फेस्टिवलमा आगन्तुकहरुलाई स्वागत गर्दै केसीले आगामी बर्ष पनि यस्ता कार्यक्रमहरु पोखरामा ल्याउन आग्रह गरे।

कोरियन राजदूत चोयोङ जिनले पोखराका विभिन्न उद्योगी व्यावसायी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुसंग भेटघाट गर्दै कोरियन फेस्टिवलमा सहभागी हुनु भएकोमा धन्यवादसमेत दिएका थिए । यसै बिच सहारा एकेडेमीका वालकहरुसंग समेत कोरियन राजदूत चोयोङ जिनले भेटघाट गरेका थिए ।

सहारा एकेडेमीका वालकहरुसंग कोरीयन राजदूत चोयोङ जिनले भेटघाट गर्दै । फोटो: सुर्दशन रञ्जित





Comments

comments

Leave a Reply

15105