Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गोर्खाली ताराबाट सावित्री गुरुङ सम्मानित

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा ५, मंसिर। यस बर्षको गोर्खाली तारा २०७३ को अवार्ड सावित्री गुरुङले पाउन सफल भएकी छन्। पोखरा रामबजार निवासी भूपूगोर्खाली मेजर गोविन्द गुरुङकी धर्मपत्नी सावित्री गुरुङले स्वदेश र विदेशमा शिक्षा तथा सामाजिक क्षेत्रमा उल्लेखनीय रुपमा योगदान पुराएको भन्दै शनिबार उनलाई पोखरामा सम्मान गरिएको हो।

गोर्खा वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले संचालन गरेको उक्त अवार्ड प्रा.लि.को चाँचौ बार्षिकोत्सवको अवसरमा कार्यक्रमका प्रमुख अतिथि आपूर्ति तथा व्यवस्थापन मन्त्रालयका महानिर्देशक शम्भु कोईराला, नायिका तथा गोर्खा बराहकी व्राण्ड एम्वेसडर करिश्मा मानन्धर, प्रा.लिका अध्यक्ष हरी धमला, संचालक तथा गोर्खा कम्युनिटिका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङ लगायतले सम्मानित गुरुङलाई चाँदीको अवार्ड सहित सम्मान पत्र, दोसल्ला, नगद ५ हजारले सम्मान गरेका हुन। उक्त सम्मानले आफूलाई नेपाली गोर्खालीकी छोरी भएको झन गौरव बढाएको बताउदै उनले प्राप्त गरेको नगद पुरस्कार स्वरुपको ५ हजार रुपैया प्रा.लि.द्धारा संचालित छात्राबृत्ति अक्षयकोषको लागि सहयोग गरेकी छन्। उक्त अवार्डबाट यस अघि माया गुरुङ, धन सुव्वा गुरुङ, मैना कुमारी गुरुङ र चन्द्रा गुरुङ सम्मानित भई सकेका छन्।

उक्त अवसरमा प्रालिद्धारा संचालन हुने एम्बुलेन्स सेवाको लागि स्थापना भएको अक्षयकोषमा समेत सहयोग गर्ने दातालाई सम्मान गरिएको छ । हर्क ध्वज गुरुङ÷ बिरकासि गुरुङबाट २ लाख ५ र एएसपी किशोर कुमार गुरुङबाट एम्बुलेन्स अक्षयकोषको लागि एक लाख रुपैया सहयोग गरेका छन । उनीहरुलाई सम्मान पत्रको साथमा सम्मान गरीएको थियो । छात्रबृत्तिकोषमा हालम्म करीब ६० हजार रुपैया र एम्वुलेन्स संचालनार्थ अक्षयकोषमा ७ लाख ५० हजार रुपैया संकलन भएको प्रालिका अध्यक्ष धमलाले बताए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा सुन, चाँदी तथा हिराका गरगहनाको प्रदर्शनी तथा फेसन सो समेत प्रदर्शन भएको क्लारा इन्टरनेश्नल कलेजको मान्यता प्राप्त हङकङ ईन्टिच्युट प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा संचारकर्मी मीना गुरुङले बताईन्। आपुर्ति तथा व्यावस्थापन मन्त्रालयका महानिर्देशक शम्भु कोईरालाले गोर्खा बराहले देशको आर्थिक विकासमा थप टेवा पुराएको बताए । उनले भने “ आर्थिक विकास भनेको पुंजी निमार्ण र रोजगार दिनु हो, यसमा गोर्खा बराहले दुबै काम गरेको छ, यस्ता निजी क्षेत्रमा लागेका युवाहरुलाई सवैले हौसला दिनु पर्दछ। ”

कार्यक्रममा सुन चाँदी व्यावसायी संघ कास्कीका अध्यक्ष चन्द्रकिशोर गौतम, बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका अध्यक्ष शिव लामिछाने, सल्लाहकार अविन्द्र निरौला, प्रालिका संचालक तथा गोर्खा कम्युनिटीका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङ, संचारकर्मी मीना गुरुङ, शान्ति गुरुङ लगायतले वोलेका थिए ।
तस्वीरः उमेश पुन

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

15107