पर्वत वेलफेयर सोसाईटीको नयाँ कार्यकारी समिति गठन

सुमलकुमार गुरूङ / एचकेनेपाल डट कम –
लण्डन। मिचेटस्थित तमुधिं भवनमा केही वर्षको अन्तरालपछि नरजंग गुरुङको अध्यक्षतामा पर्वत वेलफेयर सोसाईटी यूकेको आईतवार नयाँ कार्यकारी समितिको गठन भएको छ।

निवर्तमान अध्यक्ष रसबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न वार्षिक साधरण सभा अर्थात वार्षिक भेला कार्यक्रमको संयोजन नरजंग गुरुङले गरेका थिए। कार्यक्रमलाई समाजका महासचिव दधि आचार्यले सञ्चालन गरेका थिए। संस्थाका संस्थापक अध्यक्ष हितकाजी गुरुङ तथा निवर्तमान अध्यक्ष रसबहादुर गुरुङको बाहुलीबाट जोड पानस बालेर कार्यक्रम शुभारम्भ गरेको थियो।

विभिन्न संधसंस्थाबाट आएका अध्यक्ष तथा प्रतिनिधिहरु, पदाधिकारीहरु र सल्लाहकारहरुलाई आसान ग्रहण गराएपश्चात नेपाली राष्ट्रिय गान बजाएको थियो। कार्यक्रमलाई समाजका उपाध्यक्ष ले.रि. चन्द्र गुरुङले स्वागत मन्तव्य प्रकट गरेका थिए तथा संयोजक नरजंग गुरुङले बेलायतको प्रचलित कानून अनुसार स्वास्थ्य तथा सुरक्षाबारे जानकारी गराएका थिए।

समाजलाई तथा कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेका व्यक्तित्वहरु क्रमशः कुल आचार्य, ज्ञाम गुरुङ, गोविन्द गुरुङ तथा पुरन गिरी आदिले शुभकामना मन्तव्य प्रकट गरेका थिए। अन्तमा प्रथम चरणको कार्यक्रमलाई निवर्तमान अध्यक्ष रसबहादुर गुरुङले धन्यवाद ज्ञापन गरेर समापन गरेका थिए। यसपछि दोस्रो चरणको कार्यक्रम, नयाँ कार्यकारी समिति चयन गर्नका लागि तीन जना समाजका व्यक्तित्वहरु क्रमशः मेजर रिटायर खुशीमान गुरुङ (संयोजक) पुरन गिरी र एकप्रसाद पुनको निर्वाचन मण्डली द्वारा नयाँ कार्यकारी समितिको चयन नरजंग गुरुङको अध्यक्षतामा निर्विरोध गरिएको थियो।

कार्यकारी समितिका पदाधिकारीहरु र सदस्यहरु क्रमशः उपाध्यक्षद्वय दधि आचार्य, डम्बरबहादुर गुरुङ, महासचिव धन क्षेत्री, सहसचिव हरि गुरुङ, कोषाध्यक्ष दिपक जोशी, सहकोषाध्यक्ष सरोज केसी, सदस्यहरु सन्तोष पुन, चित्रप्रकाश गुरुङ, होमबहादुर पुन, शिव शर्मा, जंग गुरुङ, बुद्धि गुरुङ, कल्पना गुरुङ, राजकुमारी गुरुङ, मनमाया गुरुङ, यमकुमारी गुरुङ, लालकाजी गुरुङ तथा पार्वती गुरुङ निर्वाचित भए। निर्वाचित कार्यकारी समितिका पदाधिकारीहरु तथा सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक मेजर रिटायर खुशीमान गुरुङले शपथ ग्रहण समेत गराएका थिए।

निर्वाचित कार्यकारी समितिलाई निवर्तमान अध्यक्ष तथा समाजका सल्लाहकारहरुले खादा तथा पुष्पगुच्छ प्रदान गरेर बधाई दिएका थिए। कार्यक्रमको अर्को चरणमा समाजका बौद्धिक व्यक्तित्व तथा समाजलाई सहयोग पुर्याएका व्यक्तित्वहरुलाई अभिनन्दन गरेको थियो। सोही क्रममा यस सतम्भकारलाई समेत सम्मान गर्नेक्रममा आफ्नो केही मन्तव्य प्रकट गरेर समाजका अध्यक्षलाई आफ्ना सिर्जनाहरु क्रमशः मेजर अर्जुनको आँैठी (कथा सङ्ग्रह), युरोप यात्राका अनुभूतिहरु (नियात्रा) तथा भर्खरैमात्र विमोचन भएको संस्मरण, अतीतको आँखिझ्यालभित्र नियाल्दा प्रदान गरेका थिए।

कार्यक्रमभरी जलपान, खाजा, बिबिक्यु तथा अन्तमा भोजनको व्यवस्था गरिएको थियो। अन्तमा आकर्षक संंस्कृतिक कार्यक्रमको प्रस्तुति तथा पोखरा ट्राभल्सका निर्देशक, तमुधि यूकेका उपाध्यक्ष ज्ञाम गुरुङको प्रायोजन तथा संयोजनमा राफलड्राको सञ्चालन स्वयम् ज्ञाम गुरुङले गरेका थिए। केहीवर्षपछिको यो भेटधाट तथा साधरणसभा अत्यन्त सफलता तथा मनोरञ्जनको साथ सम्पन्न भएको थियो। कार्यक्रम सफलताको श्रेय नरजंग गुरुङ तथा उनका सहयोगीरुलाई दिएका थिए।





Comments

comments

1513