Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बडा दशैंको अवसरमा दुबईमा बनभोज कार्यक्रम आयोजना हुने

उत्तम अधिकारी / एचकेनेपाल डट कम –
आबुधाबी। नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा प्रवासी नेपाली मंच यूएईले दुबईमा बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ।

दुबईको जाबिल पार्कमा सेप्टेम्बर २६ शुक्रवारका दिन राष्ट्रिय पर्व दशैंको अवसरमा शुभकामना आदान प्रदानकासहित मंचले मनोरञ्जात्मक बनभोज कार्यक्रम आयोजना गर्न लागेको हो। दिउंसो २ बजेबाट शुरु हुने उक्त बनभोज कार्यक्रममा मिष्ठान्न नेपाली परिकारका साथै रमाईला खेल र लोक दोहोरी गीतहरु समेत समावेश गरिएको कार्यक्रम संयोजक पुरुषोत्तम सुबेदीले जानकारी गराएका छन्।

मंचले हरेक बर्ष आयोजना गर्दै आइरहेको दशैंको बनभोजलाई यस बर्ष पनि निरन्तरता दिएको छ। राष्ट्रिय एकता, सद्भाव र भाइचाराको प्रतिकको रुपमा रहेको दशैं पर्व मिलिजुली मनाउनका लागि बिगत झैं यस बर्ष पनि बनभोज कार्यक्रम आयोजना गरिएको मंचका अध्यक्ष प्रकाश कोइरालाले बताए।

कार्यक्रममा आउन जान सजिलोका लागि अत्याधिक नेपाली श्रमिकहरु रहेका आबुधाबी र अलऐन शहरबाट यातातातको व्यबस्था समेत मिलाइएको आयोजक संस्थाले बताएको छ। न्युनतम शुल्कमा प्रवासी श्रमिकहरुलाई यथेष्ट मनोरञ्जन प्रदान गरिने मंचले जनाएको छ।

घर परिवारबाट टाढा रहेका प्रवासी नेपालीहरु चाडबाडका बेलामा यसैपनि विक्षिप्त हुने भएकाले सामुहिक रुपमा दशैं मनाउदा मन प्रफुल्लित हुने भएकाले यूएईवासी नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन् आयोजकले अनुरोध गरेका छन्।





Comments

comments

1515