Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ग्वंगलाई ‘घटराज पुरस्कार’ …

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, ११ मंसिर। घटराज भट्टराईको ७५ औं जयन्तीको अवसरमा तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको ‘घटराज पुरस्कार’ प्रदान गरिएको छ।

काठमाडौंको कपनमा शनिवार आयोजित समारोहमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीले ग्वंगलाई ‘घटराज पुरस्कार’ प्रदान गरेका हुन्।

लामो समयसम्म शिक्षासेवाका साथै नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै आत्मपरक तथा निर्बन्ध निबन्ध लेखनका अतिरिक्त कला, संस्कृतिका क्षेत्रमा समेत उल्लेखनीय योगदानका निम्ति ग्वंगलाई ‘घटराज पुरस्कार’ समर्पण गरिएको घटराज भट्टराई स्मारक कोशका संस्थापक नरेन्द्रराज प्रसाईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। ताम्रपत्रका साथै सो पुरस्कारको राशि पचास हजार रुपियाँ रहेको छ।

घटराज भट्टराई स्मारक कोशका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न सो समारोहमा शताब्दी पुरुष डा.सत्यमोहन जोशी, तेजेश्वरबाबु ग्वंग, प्रयागराज वाशिष्ट, शान्ति रिसाल, अर्चना वाग्ले, डा.राजेश भट्टराई र सदस्यसचिव साधना दाहालले घटराज भट्टराई र पुरस्कृत व्यक्तिवका बारे प्रकाश पारेका थिए।





Comments

comments

Leave a Reply

15176