Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आफ्नै कार्यकर्ताबाट फोरमका नेता कुटिएपछि…

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मृत्युञ्जय झामाथि आफ्नै पार्टीबाट कारबाहीमा परेका कार्यकर्ताले विराटनगरमा संघातिक आक्रमण गरेका छन्।

फोरम नेपालका पूर्वमोरङ जिल्ला अध्यक्ष उमेश यादवको नेतृत्वमा रहेको छसातजनाको समूहले शनिबार साँझ यादवकै घरनजिक विराटनगर १८ जतुवामा झामाथि आक्रमण गरेको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

आक्रमणबाट गम्भीर घाइते भएका झाको कोसी अञ्चल अस्पतालको आइसीयुमा राखेर उपचार भइरको फोरम नेपालले जनाएको छ।

विराटनगर १८ नम्बर बडाको आइतबार गर्ने भनिएको अधिवेशन तयारी गर्नका लागि भनेर त्यहाँ पुगेका झामाथि बाटो ढुकेर बसेको यादव नेतृत्वको समूहले आक्रमण गरेको संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादले बताए।





Comments

comments

Leave a Reply

15221