Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तमु समाज बेल्जियमको सूचना!!!

तमु समाज बेल्जियमको आयोजनामा आगामी ३० डिसेम्बरमा सम्पन्न हुन गैरहेको २६०१ औ तमु ल्होछार भूतपूर्व अध्यक्ष श्री बालेन्द्र तमुको संयोजकत्व तथा श्री चोकराज गुरुङको सहसंयोजकत्वमा ६१ सदस्सीय रहने गरि आज ल्यूभेनमा बसेको तमु समाज, बेल्जियमको बैठकले एक तयारी समिति गठन गरिएको छ।

तमुहरुको महान चाड एवं नेपालीहरुका राष्ट्रिय पर्व ल्होछार बाँदर वर्गलाई बिदाई गर्दै चरा वर्गको स्वागत स्वरुप यस पटक पनि बेल्जियमस्थित सम्पूर्ण तमुहरुद्वारा भव्यरुपमा बेल्जियमको एण्ट्भ्येर्पेन शहरमा आगामी डिसेम्बर ३० शुक्रवारका दिन सम्पन्न गर्ने भएको छ।

यस ल्होछार पर्वलाई भव्यताका साथ सफल बनाउनका लागि विभिन्न उप समितिहरुको समेत गठन गरिएको छ। साथै बेल्जियमस्थित सम्पूर्ण संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि एबं तमु तथा गैरतमु नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा समेत उक्त कार्यक्रममा उपस्थित रहनु भै हाम्रा राष्ट्रिय पर्व तमु ल्होछारलाई सफल बनाइ दिनुहुन समेत बिनम्र अनुरोध गर्दछौं।





Comments

comments

Leave a Reply

15223