Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कांग्रेस बरिष्ठ नेता पौडेल र जाइकाका अध्यक्ष डा सिनिचीबीच भेटवार्ता

काठमाडौं १४ मङ्सिर । जापान सरकारको निमन्त्रणमा एकसाता लामो जापान भ्रमणमा जानुभएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र जापानको अन्तराष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डा सिनिची किटाओका बीचमा भेटवार्ता भएको छ।

भेटमा दुई देशबीचको सम्बन्ध तथा विकासका बारेमा छलफल भएको बताइएको छ । बिषेश गरि भुकम्पपछिको पुर्ननिर्माणका बिषयमा जाइकाका अध्यक्ष डा सिनिचीसंग कुराकानी भएको पौडेलका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिनुभयो । जाइका अध्यक्ष सिनिचिले पुर्ननिर्माणको अवस्थाका बारेमा चासो व्यक्त गर्नुभएको थियो।

यसका साथै सप्तगण्डकी जलबिद्युत आयोजना, बुढीगण्डकी आयोजना नागढुंगा सडकमा बन्न लागेको टनेलका बारेमा पनि कुराकानी भएको थियो । बरिष्ठ नेता पौडेलसंगको भेटमा जाइका अध्यक्षले नेपालको संविधान कार्यान्वयनको अवस्थाका बारेमा चासो राख्दै राजनीतिक स्थीरता भई विकास र लागनीका लागि वातावरण निर्माणमा सुझाव दिनुभयो।

पौडेलका सहयोगी अधिकारीका अनुसार तनहुँमा बन्न लागेको जीपी कोइराला स्वासप्रश्वास केन्द्रको निर्माणका बारेमा तथा तनहुँमा नै निर्माण हुन जलबिद्युत आयोजनामा लगानीका बारेमा पनि कुराकानी भएको थियो।

बरिष्ठ नेता पौडेलले भुकम्पपछि जापान सरकार र जाइकाले पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्दै भविश्यमा समेत सहयोगको नेपालले अपेक्षा राखेको जानकारी जाइका अध्यक्षलाई गराउनुभएको थियो । भेटमा पौडलका साथमा साँसद राजन केसी कार्यबाहक राजदूत कृष्णचन्द्र अर्यालको सहभागिता रहेको थियो । त्यसैगरि भेटमा जाइकाका दक्षिण एशिया बिभागका प्रमुख अर्याइ तोरुको पनि सहभागिता थियो। (रासस)





Comments

comments

Leave a Reply

15245