Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एउटा नयाँ आशाको साथमा दस वर्षपछि कर्ण दास…

सुरज थापा / एचकेनेपाल डट कम –
पोखरा। स्वर सुन्दरमणि गायक कर्ण दासले आफ्नो सांगीतिक यात्राको दश बर्षपछिको अन्तरालमा फेरी अर्को नयाँ एल्बम “एउटा नयाँ आशा” दर्शक तथा श्रोतालाई पस्केका छन्।

म्युजिक नेपालको प्रस्तुतिमा गायक कर्ण दासको “एउटा नयाँ आशा” गीति एल्बममा १२ वटा गीतहरु समावेश गरिएका छन्। एल्बममा समावेश १२ वटा गीतहरु मध्ये एस.टु. प्रोडक्शनले निमार्ण गरेको “हाम्रो नेपाल” शीर्षकको राष्ट्रप्रेमी गीतको भिडियो युट्युब र टेलिभिजन मार्फत सार्बजनिक गरिएको छ।

नेपाल प्राकृतिक शुन्दरताले भरिपूर्ण देश हो, यहाँका बिभिन्न क्षेत्रका सुन्दर दृश्यहरुलाई कलात्मक तरिकाले भिडियोमा समावेश गरिएको छ। बिशेष गरि पोखरा र आसपासका क्षेत्र, निर्मलपोखरी कास्की, पूर्वको दमक, पर्वतको चित्रे र कुश्मा लगायतका ठाँउहरुमा छायाँङ्कन गरिएको गायक कर्ण दासले जानकारी गराए।

राष्ट्र प्रेमी गीत भएकोले बिभिन्न सुन्दर ठाउंहरुलाई गीतको माध्यमबाट समावेश गरिएकोले आफूले निर्माण गरेको भिडियो मध्ये फरक र उत्कृष्ट बनेको उक्त भिडियोका निर्देशक सुरज श्रेष्ठले दाबी गरे। छायाँङ्कन, सम्पादन र निर्देशन चर्चित फाटोग्राफर एवं सिनेमाटोग्राफर सुरज श्रेष्ठले नै गरेका हुन्।





Comments

comments

Leave a Reply

15247