Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लुटेको २ तोला सुनको सिक्री रक्सिसंगै निलेका लुटेरा जीवनमरणको दोसाँधमा…

लुटेको सुन लुकाउन जाँडसँगै निलेका एक ‘लुटेरा’ अस्पतालमा जीवनमरणको दोसाँधमा छन्। वीर अस्पतालमा भर्ना गरिएका उनको छिनछिनको स्वास्थ्य अवस्थाको चासो काठमाडौं प्रहरीले लिइरहेको छ।

काठमाडौंमा केही दिनअघि भएको लुटपाट घटनाका आरोपीले प्रमाण लुकाउन खोज्दा ज्यान जोखिममा परेको हो। प्रहरी फन्दामा परेका ती लुटेरा अहिले वीर अस्पताल भर्ना गरिएका छन्। घटनाको प्रमाण र आरोपीको प्राण जोगाउन प्रहरी आरोपीको स्याहारसुसारमा खटिरहेको खबर नागरिक दैनिकले छापेको छ।

….
[wds id=”2″]
….

प्रहरीका अनुसार कीर्तिपुर घर भइ हल्चोक बस्ने सुमन महर्जनले लुटेको दुई तोलाको सुनको सिक्री निलेका थिए। महानगरीय प्रहरी वृत्त, स्वयम्भूका अनुसार मंसिर १८ गते राति भएको लुटपाट घटनामा संलग्न आरोपमा पक्राउ परेका महर्जनले शुक्रबार राति जाँडको सितन बनाएर दुई तोलाको सिक्री निलेका थिए।





Comments

comments

Leave a Reply

15525