१५ वर्षपछि कास्कीले जित्यो ठूलो उपाधि

केशव पाठक –
पोखरा, ५ पुष । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले पहिलो पटक आयोजना गरेको औधोगिक मेलामा नगद १ लाखसहित पुरुष भलिवल उपाधि जितेर फर्केको कास्की टिमलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिती कास्की र जिल्ला भलिवल संघ कास्कीले पोखरामा स्वागत र सम्मान गरेको छ।

कास्कीले क्षेत्रिय प्रतियोगितामा १५ वर्षपछि जितेको सर्वाधिक राशिको पुरुस्कार पहिलो भएको नेपाल भलिवल संघका उपाध्यक्ष एवम जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष याम गुरुङ्गले बताए।

….
….

विजयी टिमलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल, उपाध्यक्ष सुनिल गुरुङ्ग, जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष याम गुरुङ्ग र जिल्ला भलिवल संघ कास्कीका अध्यक्ष भिम पराजुली लगाएतले अविर र खादा लगाएर खेलाडीलाई सम्मान गरेका थिए।

कास्कीले फाइनलमा नवलपरासीलाई १३–२५, २३–२५,२४–२६, २२–२५ र १२–१५ सेट अन्तरमा पराजित गरेको थियो । प्रतियोगितामा कास्कीका ४ जना खेलाडी मनोज खडका वेष्ट प्लेयर, रोशन गुरुङ्ग वेष्ट सेटर, याम क्षेत्री व्लकर, र पारस गुरुङ्ग वेष्ट डिफेन्डर घोषित भए। जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष खगेन्द्र गौचनले गरेका थिए।

प्रतियोगिता मंसिर २९ देखि पुष ४ गते म्म संचालन भएको र ९ जिल्लाले प्रतिष्प्रर्धा गरेका थिए।

फोटोः सुदर्शन रञ्जित





Comments

comments

Leave a Reply

15544