Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा मित्रसेन, वाङ्देल, भूपी शेरचन र नारायण गोपालको जन्मजयन्ती यसरी मनाइयो

लण्डन : दिनांक १८ डिसेम्बर २०१६, प्लमस्टिड, लण्डन स्थित गेसो सभाहलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टर र विश्व नेपाली साहित्य महासंघ साउथ यूकेको संयुक्त आयोजनामा नेपाली साहित्य र संगीतका शिखर व्यक्तित्वहरू क्रमशः नेपाली संगीतका भानुभक्त मास्टर मित्रसेन थापा मगर, आधुनिक नेपाली कलाका जन्मदाता लैनसिंह वाङ्देल, आधुनिक नेपाली कवि मध्येका अत्यन्त लोकप्रिय कवि भूपी शेरचन र स्वर सम्राट नारायण गोपालका जन्म जयन्ती भव्यताका साथ मनाएको छ।

कार्यक्रम अनेसास बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रथम चरणको कार्यक्रमलाई अनेसास बेलायत च्याप्टरका महासचिव सन्तोष कार्कीले सञ्चालन गरेका थिए भने दोश्रो चरणको कार्यक्रम अनेसास बेलायत च्याप्टरकी उपाध्यक्ष लारा (लक्ष्मि थापा राईले) सञ्चालन गरेकी थिईन् । कार्यक्रमको स्वागत मन्तव्य विश्व साहित्य महासंघ साउथ यूकेकी महासचिव जानुका राईले स्वागत गर्दै आफ्नो मिठो स्वागत मन्तव्य राखेकी थिईन्।

….
[wds id=”2″]
….

झण्डै ५ दर्जन भन्दा बढि सर्जकहरू रहेका कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत, महामहिम डा. दुर्गाबहादुर सुवेदी थिए। विशेष अतिथिहरूको आसनमा विश्व नेपाली साहित्य महसंघका केन्द्रिय अध्यक्ष विश्वास दीप तिगेला तथा अनेसासको केन्द्रिय उपाध्यक्ष डा. रुपक श्रेष्ठ थिए । यस कार्यक्रममा बेलायतका सबै साहित्यिक संस्थाहरू र बिसौ अन्य नेपाली संघसंस्थाहरूलाई निमन्त्रण गरेकोे थियो । कार्यक्रममा अनेसास बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङका दुईवटा कृतिहरू, क्रमशः “खोज्दैछु नेपाल“ कविता सङ्ग्रह र यात्रा संस्मरण “फेरी हङकङको सेरोफेरो” प्रमुख अतिथि र विशेष अतिथिहरूबाट लोकार्पण गरिएको थियो । यस कार्यक्रममा विशेष नेपाली साहित्य र संगीतका शिखर व्यक्तित्वहरूको बारेमा डा.रुपक श्रेष्ठ, विश्वासदीप तिगेला र विजय हितान (विश्व नेपाली साहित्य महासंघ साउथ यूकेका अध्यक्ष) तथा समाजसेवी शिवाजी श्रेष्ठले प्रकाश पारेका थिए । विमोचित कृतिका बारेमा सर्जकका धर्मपत्नि सारादेवी गुरुङले प्रकाश पारेकी थिईन् । शान्त शालीन वातावरणमाझ तीन दर्जनभन्दा बढि सर्जकहरुका कविता वाचन, गीत र संगीतको जोडदार प्रस्तुति रहेको थियो।

पानसमा दीप प्रज्वलन र नेपाली राष्ट्रिय धुन संगै शुरु भएको कार्यक्रम माँझ महामहिम डा. दुर्गाबहादुर सुवेदीलाई दुबै संस्थाले स्वागत सम्मान स्वरुप शाल तथा प्रशंसापत्र दवारा सम्मान गरिएको थियो । यस कार्यक्रमलाई भव्यता प्रदान गर्न युवा गायकहरू क्रमशः डा. शुदर्शन गुरुङ, लक्ष्मण गुरुङ, दिपेन्द्र गुरुङ, थिर थापा र दिपक थापाले मिठा गीतहरू पस्काएका थिए भने सारङ्गीका पोख्त जीवन राईले सारङ्गी धुन बजाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए । कविता वाचन गर्नेहरूमा क्रमशः डा. रुपक श्रेष्ठ, विश्वासदीप तिगेला, विजय हितान, सन्तोष कार्की, भूपेन्द्र घिमिरे, सुमाया राई, नरेश काङमाङ राई, शिवाजी श्रेष्ठ, डा. बच्चु कैलाश कैनी, राम प्रसाद घिमिरे, खगेन्द्र नेपाली, करिश्मा घाम, घनबहादुर थापा, हिकमत रोका मगर, दलबहादुर बुढाथोकी, देवी आले, रेखा खरेल, मन्जु भण्डारी, सुनिल बुढाथोकी, गोकुल भण्डारी, फणिन्द्र भट्टराई, नेम थापा, बासु शर्मा, गोपाल शाही पथिक, बिशन थापा, हरि गुरुङ, ईश्वर चामलिंग तथा बिरु मुकारुङ आदि थिए । लाराको बेजोड कार्यक्रम सञ्चालनमा समयको पाबन्दि रहेको थियो । धेरै कविहरूले कविता वाचन गर्ने धोको हँुदा हँुदै कार्यक्रम विसर्जन गर्नुपर्ने बाध्यता थियो । अन्तमा प्रमुख अतिथिले अत्यन्त सारगर्भित मन्तव्य प्रकट गरेका थिए । उनको मन्तव्य प्रकट गर्नेक्रममा अब आउने नयाँ साल लगत्तै मार्च महिनामा नेपाली साहित्य सप्ताह महोत्सव सम्पन्न गर्ने प्रत्तिबद्धता जाहेर गरेका थिए । सभाध्यक्ष सुमलकुमार गुरुङको आभार र धन्यवाद ज्ञापन पश्चात कार्यक्रम समापन गरिएको थियो।





Comments

comments

Leave a Reply

15546