प्रगतिशील लेखक सङ्घले विष ओकल्नुको तात्पर्य के हो ?

प्रगतिशील लेखक सङ्घले विष ओकल्नुको तात्पर्य के हो ?

•••

नरेन्द्रराज प्रसाई

नेपाली भाषा साहित्यमा रातोदिन समर्पित त्रिमूर्ति निकेतन, नइ प्रकाशन र म नरेन्द्रराज प्रसाई उपर प्रगतिशील लेखक सङ्घले विष ओकल्नुको तात्पर्य के हो?

~

यी दुबै संस्थाका विधानमा प्रगतिशील लेखक सङ्घलाई गुरू थापेर कार्य गर्ने वा उनीहरूको नियन्त्रणमा रहेर काम गर्ने अथवा उनीहरूलाई जानकारी गराएर मात्र आफ्ना योजना र कार्यक्रम अघि सार्ने भन्ने बेहोरा कतै पनि उल्लेख नभएको तथ्य प्रगतिशील लेखक सङ्घका विद्वान् साथीहरूलाई जानकारी गराउन चाहन्छु।

~

त्रिमूर्ति निकेतन र नइ प्रकाशन न राजतन्त्रको प्रचारक हो न गणतन्त्रको प्रचारक हो। यी दुबै पूर्ण गैर राजनैतिक विशुद्ध साहित्यिक संस्था हुन्। यहाँ आवद्ध पदाधिकारी र सदस्यहरू आआफ्ना सिद्धान्तमा हुनु अनौठो कुरा होइन। साथै यी दुबै संस्थाले अथवा मद्वारा पनि राजनीतिक सिद्धान्तको टीका लगाएका कुनै पनि स्रष्टालाई आस्था र सिद्धान्तका आधारमा पक्षपात गरेको कसैलाई लागेको छ भने प्रमाणसहित आउनु होस् त्यसपछि साहित्यिक जीवनबाटै म सन्यास लिनेछु।

~

नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि यी संस्थाले गरेका राष्ट्रिय र अन्तर्राष्ट्रिय विशिष्ट, गौरवी र ऐतिहासिक कार्यहरूप्रति लान्छना लगाएर कसैले आफ्नो तुच्छ, अमर्यादित र घृणित स्वार्थ साध्न खोज्छ भने यो विषय प्राकृतिक सिद्धान्तभन्दा उल्टो हुनेछ भन्ने तथ्य कसैले पनि विर्सन हुँदैन।

~

मान्छेले आफ्नो टाउकामा भैंसी पालेर अर्काको आङको जुम्रा खोज्दै नहिंडे उसको मानवता अझै प्रबल हुन सक्थ्यो भन्ने मेरो मान्यता रहेको छ।

• नरेन्द्रराज प्रसाई





Comments

comments

Leave a Reply

15558