सुडानबाट अपहरणमा परेका २ नेपाली २१ दिनपछि अपहरणमुक्त

सुडानबाट अपहरणमा परेका दुई नेपाली २१ दिनपछि सोमबार मुक्त भएका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालयमा कार्यरत सरुण प्रधान र रमेश कार्की १३ मंसिरमा अपहरणमा परेका थिए।

जेनेभास्थित उच्चायोगका प्रवक्ता एडविन एड्वार्डस्ले दुवैजना अपहरणमुक्त भएको जानकारी दिएका छन्।


….
….

पश्चिम डार्फर राज्यको राजधानी जेनेइनाबाट दुई नेपाली र स्थानीय मुसा ओर मोहम्मद मुख्य मस्जिदनजिकैबाट अपहरणमा परेका थिए। उनीहरूलाई अपहरण गर्ने समूहको पहिचान खुल्न सकेको छैन । उनीहरूलाई अपहरणमुक्त गर्न राष्ट्रसंघले निरन्तर विद्रोही समूहसँग विभिन्न च्यानलमार्फत प्रयास गर्दै आएको थियो। नयाँ पत्रिका दैनिकमा खबर छ।

सुडान सरकारको पहल
अपहरित नेपालीको खोजीका लागि न्युयोर्क तथा जेनेभास्थित नेपाली मिसनबाट राष्ट्रसंघ मुख्यालयसँग समन्वय भइरहेको थियो । युएनको क्राइसिस म्यानेजमेन्ट टिमको सक्रियतामा अपहरित दुई नेपाली अपहरणमुक्त भएका हुन् । सन् २००३ देखि डार्फरमा विद्रोही समूहले हिंसात्मक संघर्ष जारी राखेको छ।





Comments

comments

Leave a Reply

15556