Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मनोज पुनको निर्देशनमा यसरी गरिएको थियो – एमाले युवा नेता दुर्गा तिवारीको हत्या…

युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । मनोज रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन् । व्यक्तिगत रिसइबीकै कारण तिवारीको हत्या भएको प्रहरीको दाबी छ।

रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुक तिवारी हत्याकाण्डलाई नितान्त आपराधिक घटनाका रूपमा विश्लेषण गर्छन् । ‘विगतको पृष्ठभूमि र पहिले पनि तिवारीमाथि भएको आक्रमणले मनोजकै संलग्नतामा तिवारीको हत्या भएको प्रहरीको निष्कर्ष छ,’ प्रहरी उपरीक्षक धानुकले भने। नयाँ पत्रिकामा खबर छ।

पार्टीबाट हटाएको, पैसा नदिएको तथा आफ्ना व्यक्तिहरूलाई जेल हालेको रिसइबीमा पुनले उनको हत्या गरेको प्रहरी दाबी छ । गत ६ चैतमा तिवारीलाई दुईवटा गोली प्रहार भए पनि उनी बच्न सफल भएका थिए । एसपी धानुकका अनुसार मनोजविरुद्ध प्रहरीमा दुईवटा ज्यान मार्ने उद्योगलगायतका उजुरी परेका छन् । ‘मनोज फरार अभियुक्त हो,’ उनले भने।


….
[wds id=”2″]
….

को हुन् मनोज ?
जिल्ला प्रहरी कार्यालयका अनुसार देवदह नगरपालिका–६ का मनोज पुन युवा संघ रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन् । युवा संघको आडमा पैसा असुली गरेको आरोपमा उनी पार्टीबाट निष्कासनमा परेका थिए।

उनी संगठित अपराध, हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार अपराधी हुन् । मनोजको तिवारीसँग पुरानो रिसइबी रहेको र नौ महिनाअघि पनि उनकै संलग्नतामा तिवारीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।

युवा संघमा रहँदा आर्थिक पारदर्शिताको विषयमा तिवारी र मनोजबीच विवाद रहँदै आएको थियो। मनोजले यसअघि पनि त्यस क्षेत्रमा जग्गाको कारोबार गर्दा विभिन्न व्यक्तिलाई धम्क्याउने र रकम असुल्ने गरेको उजुरी प्रहरीमा परेको छ।





Comments

comments

Leave a Reply

15554