बेलायतमा समसामयिक विषयहरुमा बिगेसोले गर्यो अन्तर्क्रिया

डिसेम्वर १७ शनिवारका दिन बृटिस गोरखा भूपू सैनिक संघ (बिगेसो) युकेले अल्डरसटको नीरमाया रोधीघरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

बिगेसोले बेलायतमा स्थापना भएका बिभिन्न नेपाली संघसंस्थाको प्रतिनिधि नेपाली वुद्धिजीवि, राजनीतिज्ञ, कानूनविद, विद्यार्थी, व्यवसायी र पत्रकारहरुलाई निमन्त्रणा गरी बृटिश गोरखा भूपू र परिवारभित्र रहेका र उठेका समसामयिक विषयहरुका बारेमा अन्तरक्रिया कार्यक्रम आयोजन गरेको हो।

कार्यक्रममा “भावि सन्तति र समयसामयिक स्थितिजन्य विषयहरुमाथि चिन्तनमनन” नामक कार्यपत्र पेश गरेको थियो।


….
….
प्रमुख अथिति भूपू मेजर खगेन्द्र पाठकको उपस्थितिमा विगेसो यु.के.का सभापति श्पद्मसुन्दर लिम्बुले कार्यकर्मको अध्यक्षता गरेका थिए भने बिगेसोको विदेश विभाग प्रमुख उत्तम प्रसाद राईले कार्यक्रम संचालन गरेका थिए।

विभिन्न संघसंस्थाका प्रतिनिधिहका साथै बुद्धिजीवी, विद्यार्थी, पत्रकारहरुको उपस्थितिमा बृटिश गोरखा भूपूभित्र रहेका उब्जिएका समसामयिक स्थितिजन्य विविध समस्याहरु, भावीसन्ततिको बारेमा र समानताको बाँकी रहेका मुद्धाहरुसम्बन्धी देखिएका, गरिएका र भएका अभियान र क्रियाकलापहरुमाथि औपचारिक छलफल गरि देखिएका विकृति, विसंगति र बेतिथिलाई कसरी रोकथाम गर्ने र अपुरो र अधुरो छाडिाएको पारिएको समानताको मुद्धालाई नविन मोड दिएर भावि सन्ततिको बारेमा समेत कसरी अघि बढन सकिन्छ भन्ने बारेमा चिन्तनमनन भएको थियो ।

छिरिङ शेर्पा
महासचिव
बृटिस गोरखा भूपू सैनिक संघ (बिगेसो) यु.के. ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

15562