पोर्चुगलमा राजदूताबास स्थापनाको पहल गर्न एनआरएन उपाध्यक्ष नेपाल लागे

सुनिल संगम / एचकेनेपाल डट कम –
पोर्चुगलबासी नेपालीहरु यतिबेला पोर्चुगलमा नेपाली राजदूताबास स्थापनाको निम्ति जोडतोडले लागेका छन्।

पोर्चुगलमा नेपाली राजदूताबास नहुँदा साधारण कामकारबाहीको लागि पनि फ्रान्ससम्म धाउनु पर्ने बाध्यता छ भने दिन प्रतिदिन नेपालीहरुको संख्यामा बृद्धि हुँदा समस्याहरु पनि बढ्दै गइरहेका छन्।

यहाका संघ संस्थाका अगुवाहरु पोर्चुगल भ्रमणमा रहेका हरेक बिशिष्ट ब्यक्तित्वहरुसमक्ष राजदूताबास स्थापनाको निम्ति आबश्यक पहल गरिदिन अनुरोध गर्दछन् र ज्ञापन पत्र बुझाउँदछन् एनआरएन केन्द्रीय अध्यक्ष्य शेष घाले, उपाध्यक्षय भबन भट्ट, नयाँ शक्तिका संयोजक तथा पूर्ब प्रधानमन्त्री बाबुराम भटराई, संघीय समाजबादी फोरमका अध्यक्ष तथा पूर्ब उपप्रधानमन्त्री उपेन्द्र यादब, नेपाली कांग्रेसका सांसद बहादुर लामासम्मले आबश्यक पहल गरिदिने आश्वासन दिएर गए। तर पनि अहिलेसम्म पोर्चुगलमा राजदूताबास स्थापनाको कुनै ठोस निर्णय हुन सकेको छैन।

यतिबेला फेरी पोर्चुगलमा राजदूताबास स्थापनाको पहलको निम्ति आबश्यक कागज पत्रहरु बोकेर एनआरएन पोर्चुगलका उपाध्यक्ष शम्भु गौतम नेपालतिर लागेका छन्।


….
….
नेपाल बसाईको क्रममा सम्बंधित पक्षहरुसंग भेटघाट गरि ज्ञापन पत्र बुझाउने र पोर्चुगलमा नेपाली राजदूताबास स्थापनाको आबश्यकता प्रष्ट रुपमा प्रत्यक्ष राख्ने कुरा उपाध्यक्ष गौतमले जानकारी दिएका छन्। उनले गर्ने यो पहलले पोर्चुगलमा नेपाली राजदूताबास स्थापना होस र पोर्चुगलबासी नेपालीहरु समस्या र झंझटबाट छिटो मुक्त होऊन यही कामना छ!





Comments

comments

Leave a Reply

15564