Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा यसरी गरियो नयाँ वर्षको स्वागत, ल्होछार / ल्होसार पनि मान्दै..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १ जनवरी २०१७। हङकङमा शनिवार राति १२ बजे अंग्रेजी नयाँ वर्ष २०१७ लाई भव्यताका साथ स्वागत गरिएको छ।

हङकङको भिक्टोरिया हार्बरमाथि क्षितिजमा प्रदर्शन भएको शानदार आतिशबाजी हेर्दै भेला भएका हजारौं मान्छेहरुले नयाँ वर्षको स्वागत गरेर एकार्कासंग शुभकामना आदानप्रदान गरेका छन्।

सिम शा चुईस्थित स्टारफेरी पेयरमा गीत संगीतको धुनसंगै नयाँ वर्षको स्वागत गरिएको थियो।

नयाँ वर्षको काउन्टडाउन समारोहमा काोलून वाटरफ्र्ण्ट र हङकङ आइल्याण्ड साइड गरी लगभग साढे ३ लाख मान्छेहरु प्रत्यक्षरुपमा भेला भएको हङकङ प्रहरीले जनाएको छ।


….
[wds id=”2″]
….
त्यस्तै स्थानीय नेपालीहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी अंग्रेजी नयाँ वर्ष र गुरुङहरुले ल्होछार / ल्होसार मान्दैछन्। तमु ट्हो ह्युलले आजै मंकी हिलमा र तमु प्ये ल्हु संघ हङकङले सिउ लाम बीबीक्यू चुन मुनमा ल्होछार / ल्होसार मान्दैछन्।

तपाईलाई पनि नयाँ वर्ष तथा गुरुङहरुको नयाँ वर्ष ल्होछार / ल्होसार को हार्दिक शुभकामना। नयाँ वर्ष शुभ बनोस्।

हङकङमा यसरी गरियो नयाँ वर्षको स्वागत हेर्नुहोस् भिडियो
https://youtu.be/dZZaUrWqa6I





Comments

comments

Leave a Reply

15730