Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

केपी अोलीको भनाईं साकार हुने भो- हावाबाट ३१ किलोवाट बिजुली निकालिँदै…

अछाम – गत बर्ष तत्कालिन प्रधानमन्त्री केपी ओलीले हावाबाट बिजुली निकाल्ने कुरा गर्दा धेरैले हावा गफ भनेको थिए।

तर अछामजस्तो विकट जिल्लाको कमलबजारमा हावाबाट बिजली निकाल्ने कार्य अन्तिम चरणमा पुगेको छ।

हावाबाट बिजुली बाल्ने योजनासहित मंसिर महिनाको तेस्रो हप्ताबाट धमाधम काम भईरहेको खबर कारोबार पत्रिकामा छ।

वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको सहयोग र स्थानियको श्रम तथा अनुदानमा सुरु गरिएको उक्त आयोजनामा बिजुली बाल्नका लागि बिद्युत् भवन निर्माण र पंखा जोडिसकिएको छ भने खम्बा गाड्ने काम भइरहेको छ।

आयोजनाबाट ३१ किलोवाट क्षमताको हावाबाट विद्युत् उत्पादन गरी कमलबजार नगरपालिका भित्र विस्तार गरिने छ।





Comments

comments

Leave a Reply

15739