Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अनुदानको खाद्यान्न बाटोमै बेचियो

मुगु – जिल्ला सदरमुकामस्थित नेपाल खाद्य संस्थानको वितरण केन्द्रबाट जिल्लाको पूर्वी क्षेत्र करानका ५ गाविसमा पठाईएको खाद्यान्न ठेकेदारले संस्थानको मुल्यभन्दा बढी लिएर बाटैमा बेचेको पाइएको छ।

पुलुस्थित विरण केन्द्रमा लैजानुपर्ने १५ सय क्विन्टल खाद्यान्नमध्ये हालसम्म ६ सय ६२ क्विन्टल १० किलोग्राम रोवा, ललिलेख, लुम्स, छाइल र सदरमुकाम गमगढीमै बेचेको खुलेको छ।

३० केजीको ९ सय ८० रुपैयाँ पर्ने चामललाई १ हजार ८० देखि १६ सय रुपैयाँसम्म बेचेको बताइन्छ।

हङकङमा नेपाली झाँकी – यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…(हेर्नुहोस् भिडियो)

ऋणीमोक्क्ष वक्र्स कन्र्टक्शन प्रालिले गमगढी देखि पुलुसम्म प्रति केजी १३ रुपैयाँका दरले ढुवानी गर्ने गरि ठेक्का सम्झौता गरेको भए पनि खाद्यन्न ढुवानी गर्ने खच्चडवालाहरुलाई गमगढी देखि पुलुसम्म प्रति केजी ९ रुपैयाँमा ढुवानी दिन खोजे पछि खच्चडवालाले ढुवानी गर्न नमानेको स्थानीयवासीले जानकारी दिए।

संस्थानले सर्वसाधारणलाई ९ सय ८० रुपैयाँमा ३० केजीको प्याक उपलब्ध गराउँदै आएको र ठेकेदार बसन्त कुमाईले पुलु लिनु पर्ने एक सय प्याक खाद्यन्न ट्याक्टरमा लिएर प्रति प्याक १ हजार ८० का दरले रोवा गाउँमा बेचेको भन्ने स्थानीयले आफुलाई जानकारी दिएको नेपाल खाद्य संस्थान मुगु शाखाका निमित्त प्रमुख कर्णबहादुर रावलले जानकारी दिए। गमगढीबाट खाद्यन्न पुलुसम्म कुमाईले दुई पटकसम्म लिएको र ढुवानी रकम प्रति केजी ८ रुपैयाँ मात्र दिए पछि खाद्यन्न ढुवानी गर्ने काम छोडेको रोवा गाविस वडा नम्बर ८ लुम्स गाउँका स्थानीयवासी शेरसिहं ऐडीले बताए। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

15754