लक्ष्मी हत्या प्रकरण : २४ दिनपछि प्रहरीले बुझायो फाइल

काभ्रे/वाङ्थली गाविस–७ की ३२ वर्षीया लक्ष्मी परियारको हत्यासम्बन्धी अनुसन्धानको फाइल २४ दिनपछि जिल्ला प्रहरी कार्यालयले जिल्ला वकिल कार्यालय धुलिखेलमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालयले सोमबार जिल्ला सरकारी वकिल प्रमुख राजन हमाललाई अनुसन्धानको फाइल बुझाएको हो । सरकारी वकिलसँगको परामर्शपछि प्रहरीले घटनामा संलग्न भएकामध्ये पक्राउ परेका मिलन परियार (लक्ष्मीका श्रीमान्), शिक्षक हीरा लामा, उनकी आमा काइँली तामाङ र नाम्लो दिने नीरमाया तामाङलाई अभियोगसहितको मुद्दा जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको खबर नयाँपत्रिका दैनिकले छापेको छ।

स्थानीय विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक हीरा लामा र उनकी ५५ वर्षीया आमा काइँली तामाङले मंसिर २० गते विद्यालय प्रांगणमा भलिबलको पोलमा डोरीले बाँधेर लक्ष्मीलाई मलमूत्र खुवाउँदै कुटपिट गरेका थिए । घटनाको चार दिनपछि लक्ष्मी परियार मृत भेटिएकी थिइन्।

हङकङमा नेपाली झाँकी – यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…(हेर्नुहोस् भिडियो)





Comments

comments

Leave a Reply

15761