Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

असह्य पीडा भएपछि बैंककतर्फ…

गणतन्त्र घोषणा हुनुअघि पोखराको रत्न मन्दिर र चितवनको दियालोबंगलामा हिउँदको समय बिताउने राजपरिवार त्यसपछि भने जाडो छल्नका लागि कहिले तराई र कहिले बैंकक पुग्न बाध्य छ।

विगतका वर्षहरुमा सिमरा, झापालगायका जिल्लामा हिउँद बिताए पनि राजपरिवारका सबै सदस्य यतिबेला बैंककमा छन्। प्राप्त जानकारी अनुसार पूर्वरानी कोलम, युवराज्ञी हिमानी, नातिनी कृतिका र पूर्वनवयुवराज हृदयेन्द्र र नातिनी पूर्णिका गत बुधबार त्यसतर्फ गएका हुन।

पूर्व महारानी कोमलको छाती खराब भएका कारण चिसोले अत्यन्त सताउने हुँदा जाडो महिनामा उनलाई काठमाडौँबाहिर जानुपर्ने बाध्यता छ।

दरबार हत्याकाण्डमा लागेको गोलीले उनको छातीमा गम्भीर क्षति पुर्याएको थियो। अहिलेसम्म गोलीको छर्रा पूर्ण रुपमा बाहिर निकाल्न नसकिएको कारण उनलाई चिसो महिनामा पीडा हुने गरेको बताइन्छ। यसपल्ट पनि चिसो बढ्दै गएपछि उनलाई असह्य पीडा भएको र त्यसपछि बैंकक जाने योजना बनेको बुझिएको छ।

छोरा पारसबाहेकका सबै सदस्य एक हप्ताअघि र राजा तथा नातिनी पूर्णिकाचाहिँ पछि जानुको कारणमा पूर्णिकाको विद्यालयको पढाइ रहेको खबर घटना र विचार साप्ताहिकले छापेको छ।

हङकङमा नेपाली झाँकी – यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…(हेर्नुहोस् भिडियो)





Comments

comments

Leave a Reply

15778