Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विज्ञ भन्छन् – ‘राजतन्त्र अब फर्कंदैन’

बेइजिङ – चीन सरकारका प्रभावशाली दक्षिण एसिया विज्ञ हु सिसेङले ‘नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउन अब सम्भव नरहेको’ बताएका छन्।

चीनको नेपाल नीति निर्माणमा बेइजिङका सबभन्दा प्रभावशाली विज्ञ मानिने हुले पूरै जातीय पहिचानका राज्य निर्माण गर्दा पनि नयाँ समस्या जन्मिन सक्ने औंल्याउँदै मिश्रित संघीयता स्वीकार गर्न पार्टीहरूलाई प्रस्ट सुझाव पनि दिए।

चीन सरकारको भूराजनीतिक मामिला अध्ययन गर्ने बेइजिङको प्रभावशाली संस्था चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सिआइसिआइआर) का दक्षिण तथा दक्षिणपूर्व एसिया निर्देशक हुले डेढ महिनाअघि काठमाडौंमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत उच्च नेतासँग भेटवार्ता गरेका थिए।

‘नेपालको राजतन्त्र राष्ट्रिय एकताको प्रतीक थियो र त्यसले विखण्डनको सम्भावना कम थियो भन्ने विश्वास चीनका केही विज्ञमा छ,’ हुले भने, ‘तर यो अध्याय पुरानो भइसक्यो, अब हिन्दु राजतन्त्रको पुनःस्थापना असम्भव छ।’

राजा महेन्द्रदेखि नै राजतन्त्रसँग राम्रो सम्बन्ध राखेको चीनले २००८ मा गणतन्त्र स्थापनापछि राजनीतिक पार्टीहरूसँग बलियो सम्बन्ध विकास गरिरहेको छ। भारतमा हिन्दु पृष्ठभूमिको भारतीय जनता पार्टी र नरेन्द्र मोदीको बलियो सत्तारोहणसँगै नेपालमा हिन्दू राजतन्त्र फर्काउन चाहने समूहहरू उत्साहित भएका बेला चीनका सरकारी विज्ञको यस्तो धारणा आएको समाचार आजको नागरिक दैनिकमा पूर्ण बस्नेतले लेखेका छन्।

धर्मनिरपेक्षता पक्षधर पार्टीहरूको तुलनामा राजावादी पार्टीहरू निकै कमजोर रहेकाले हिन्दु राजतन्त्र फर्कन नसक्ने हुको विश्लेषण छ। नेपालमा हिन्दु संस्कृति लोकप्रिय रहेकाले यो अझै बलियो र विकसित हुनसक्छ भन्दै हुले थपे, ‘तर पुनः हिन्दु राष्ट्र कायम गर्न सम्भव छैन।’





Comments

comments

1583