Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गिनिजबुकमा लेखियो नेपालका कान्छा निर्देशकको नाम

काठमाडौं, फागुन ८ – आठ वर्षीय बालक सौगात विष्टको नाम विश्वकै कान्छो फिल्म निर्देशकका रुपमा गिनिज वल्र्ड रेकर्डमा लेखिएको छ।

सौगातले निर्देशन गरेको फिचर फिल्म ‘लभ यु बाबा’ २६ मंसिरमा देशभर प्रदर्शन भएको थियो। सोही आधारमा गिनिज वल्र्ड रेकर्ड्सले सौगातलाई विश्वकै कान्छो फिल्म निर्देशकको सर्टिफिकेट दिएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

सौगातका बाबु गजित विष्ट चल्तीका अभिनेता हुन्। दिदी संगम बालकलाकारका रुपमा परिचित छिन्। सानैदेखि फिल्म भनेपछि हुरुक्कै हुने गरेका सौगातले फिल्म निर्देशनमा रुचि देखाएर सोही अनुरुप आफूलाई तयार पारेका थिए। छोराको रुचि र क्षमतालाई बुझेर बाबु गजितले लभ यु बाबा बनाएका हुन्।

लभ यु बाबामार्फत छोरा सौगातले संसारकै कान्छो निर्देशकका रुपमा वल्र्ड रेकर्ड बनाएपछि बाबु गजित निकै खुसी छन्।





Comments

comments

4501