Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

स्वीस बैंकमा छापा, मुद्रा अपचलनमा लाग्नेहरूमाथि छानबिन गरिने

जेनेभा, फागुन- स्वीस प्रहरी अधिकारीले मुद्रा अपचलन गरेको आरोप लागेका जेनेभास्थित एचएसबीसी बैंकमा छापा मारेका छन्।

उनीहरुले उक्त बैंक र मुद्रा अपचलनमा आशंकित अज्ञात ब्यक्तिहरुका बारेमा छानबिन गरिरहेका छन्। उक्त अनुसन्धान सम्पत्ति अपचलनमा संलग्न वा सहभागी भएका आंशकित ब्यक्तिहरुसम्म विस्तार हुन सक्ने जनाइएको छ। एचएसबीसीले स्वीस अधिकारीहरुलाई सहयोग गरिरहेको समाचार नेपाल समाचारपत्र दैनिकले छापेको छ।

उक्त बैंकमाथि आफ्ना धनी ग्राहकहरुलाई कर छल्न सहयोग गरिरहेको आरोप सार्वजनिक भएको एकहप्तापछि छापा मारिएको हो।





Comments

comments

4484