Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

त्रिमूर्ति र नइबाट दीक्षितप्रति श्रद्धाञ्जलि…

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, नेपाली साहित्याकाशका अविस्मरणीय साधक श्री कमल दीक्षितको स्वर्गारोहण नेपाली पटभूमिका लागि गहिरो शोकको विषय बन्न गएको छ।

यसै सिलसिलामा त्रिमूर्ति निकेतन र नइ प्रकाशनको संयुक्त बैठकले दीक्षितको आत्माको चिरशान्तिका लागि परमेश्वरसँग प्रार्थना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ। साथै बैठकले दीक्षितका परिवारजनप्रति पनि गहिरो समवेदना प्रकट गरेको छ।

बैठकले “नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि आदरणीय कमल दीक्षितको साडे सात दशकको निरन्तर साधनाका कारण उहाँबाट साहित्यको सिर्जना, अनुसन्धान तथा समालोचना विधाका साथै नेपाली भाषा र साहित्यको संस्थागत विकासमा समेत विशिष्ट योगदान भएको” ठहर गरेको छ।

त्रिमूर्ति निकेतन तथा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जारी प्रेस विज्ञप्तिमा दीक्षितको देहावसानले नेपाली भाषा तथा साहित्यका क्षेत्रमा अपूरणीय क्षतिसमेत भएको बैठकले निष्कर्ष निकालेको जनाइएको छ।

त्रिमूर्ति निकेतन तथा नइ प्रकाशनका संस्थापक अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सो संयुक्त बैठक बसेको थियो।

हङकङमा नेपाली झाँकी – यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…(हेर्नुहोस् भिडियो)

….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

15830