कोलोराडोमा यसरी मनाइयो तमु ल्होसार…

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरीका। तमु ल्होसारको अवसरमा कोलोराडोमा एक साँस्कृतिक कार्यक्रमसंगै शुभकामना आदान प्रदान गर्दै सम्पन्न भयो।

तमु धी कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमु समुदायले ल्होसारको अवसर पारेर सांकृतिक कार्यक्रम गरि शुभकामना आदानप्रदान गरेका हुन्।

तमु धी कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङको अध्यक्षतामा बोल्डर नगरमा सम्पन्न कार्यक्रममा एक सांकृतिक कार्यक्रमसंगै लामा अक्कल बहादुरबाट सबैलाई नयां बर्षको उपलक्ष्यमा आर्शिबाद प्रदान गरिएको थियो।

९० बर्षीय बयोबृद्ध आसाबहादुर तामाङले पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्रमको सुरुमा नेपाली र अमेरिकी राष्ट्रिय गान गाईएको थियो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यबसायी, पत्रकार तथा सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

यसरी कार्यक्रममा उपस्थित हुनेहरुमा नेपाली घरका अध्यक्ष योगराज गौतम, एनआएनका अध्यक्ष बासुदेब खनाल, नेपाली जनसंम्पर्क समिती कोलोराडोका अध्यक्ष गणेशराज भण्डारी, प्रवासी नेपाली मंचका अध्यक्ष जगत श्रेष्ठ, संखुवा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, कलाकार मंचका अध्यक्ष साबु गदाल, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका कोषध्यक्ष मणी बस्नेत, यूएस नेपाल न्यूजका बिकल पराजुली, स्वतन्त्र पत्रकार नातिबाबु भट्ट लगायतका अतिथिहरुलाई खादा लगाई दिई सम्मान गरिएको थियो।
….
….
तमु ल्होसार २०७३ को आह्वान मौलिक भाषा, धर्म, संस्कार, संस्कृति सहितको सम्मान भन्ने मुल नारालाई आत्मासाथ गर्दै सम्पन्न गरिएको कार्यक्रममा गुरुङ, तमाङ, नेपाली र अंग्रजी भाषाका गित गाएर तथा बिभिन्न कलाकारहरुको गीतमा स्थानीय कलाकारहरुले नाचगान गरेर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए।

बिशेष गरी बालकालाकारहरु अनीसा र अभ्यास भट्टराईको हुन्न बूढी हुन्न भन्ने गीतमाको नाच, लय ब्याण्डको प्रस्तुती, जानवी गुरुङको प्रस्तुती, कौडा नृत्य, हिप पप लगायतका प्रस्तुतीहरुले दर्शकको मन जित्न सफल भएका थिए।

कार्यक्रमको आरको चोरक पक्ष भनेको एउटै मन्च र प्रस्तुतीमा बुढा बुढीको नाच, बाबु छोरीको नाच, बाबु छोरीको गीत, दिदी बहिनीको नाच देखिएको थियो । कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु आफ्नै सांस्कृतिक पहिरनमा सझिएर आएका थिए।

संस्थाका सचिव भुवन गुरुङले औपचारीक कार्यक्रमको संचालन गरेका थिए भने प्रकाश गुरुङ र पुष्पा गुरुङले मनोरञ्जनात्मक कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई स्वगत गर्दै सभापती चन्द्रमान गुरुङले स्थानीय समुदायलाई तमु संस्कृतिको पहिचाहन गराउनुको साथै तमु संस्कृति जोगाईराख्न तथा अमेरिकामा जन्मेहुर्केका बालबालिकाहरुलाई तमु संस्कृतिको पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताए।

नेपालमा मुलत ३ किसिमको ल्होसार मनाउने गरिन्छ । गुरुङहरुले तोला , तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसारको नाममा मनाउने चलन छ । उनीहरुले यस बर्ष बादर बर्गलाई बिदाई गर्दै चरा बर्गलाई स्वागत गरेका छन् । नयां बर्ष ल्होसारमा परंपरा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुख, दोखलाको ग्रह दशा शान्ति गराउछन् र भोलि पल्ट नयां दिनको झुल्के घाम संगै नयां बर्षको स्वागत गर्दछन् । उनीहरु आ–आफ्नो समुदायका गन्यमान्यको घर घरमा गएर आर्शिवाद लिने गर्दछन्।





Comments

comments

Leave a Reply

15841