Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पिकेका छात्राहरुबीच कुटाकुट…

काठमाडौं – बागबजारस्थित पद्म कन्या क्याम्पसमा सत्तारुढ घटक नेपाली कांग्रेस र माओवादी केन्द्र निकट छात्राहरुबीचको झगडामा दुवैतर्फका केहि विद्यार्थी घाइते भएका छन्।

दुइ विद्यार्थी संगठनबीच आइतबार झडप भएको हो । झडपमा परी नेविसंघकी नेतृ सीता मिजार तथा क्रान्तिकारीकी इकाइ अध्यक्ष वषन्ता भण्डारी, सदस्यहरु दर्सना नेपाली, दिपा जोशी र सरिता श्रेष्ठ घाइते भएका छन्।

स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि गरेको भित्ते लेखनका विषयलाई लिएर झडप भएको घाइतेहरुले बताएका छन्। हामीले क्याम्पस हातामा स्ववियु चुनावको प्रचार गर्न भित्ते लेखन गर्दै थियौँ क्याम्पस इकाइ अध्यक्ष वषन्ता भण्डारीले बताइन्।

त्यहाँ नेविसंघले रङ घोप्ट्याउने र लेखेको पेन्टिङ मेट्ने काम गर्दै आक्रमणपनि सुरु गर्यो । रड र झ्यालको सिसाले हानेर मलाई घाईते बनाएको छ ,अध्यक्ष भण्डारीले भनिन्। नेपाल समाचारपत्रमा खबर छ।
….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

15844