रामदेवको पतञ्जली बिस्कुटमा जिउँदो किरा

योग गुरु बाबा रामदेव सदैव आफंनो संस्था पत्ञ्जलीको उत्पदानको शुद्धता र गुणस्तरको प्रशंसा गरिरहन्छन्। पतञ्जलीका सद्भावना दूत समेत रहेका रामदेवले पतञ्जलीको उत्पादनको प्रशंसा गरिरहँदा उनका उत्पादनमा गम्भीर किसिमको प्रश्न पनि खडा भइरहन्छन्।

भारतबाट सार्वजनिक भएको एक ताजा घटनामा रामदेवको पतञ्जली विस्कुटबाट जिउँदै किरो निस्किएको छ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा केही युवाहरु रामदेवको पतञ्जली विस्कुटबाट किरा निस्किरहेको देखाइरहेका हुन्छन्।

यो भिडियो अनुसार पतञ्जलीको दूध बिस्कुटको बन्द रहेको प्याकेट खोल्ने बित्तिकै किरा निस्केको देख्न सकिन्छ। यो भिडियो ७ डिसेम्बर २०१६ को हो।

जसमा युवकहरुले देखाए अनुसार प्याकेटको प्याकेजिङ जुन २०१६ को रहेको छ। तर यति छोटो अवधिमै यो विस्कुटमा किरा पर्न गएको देख्न सकिन्छ।

यस भिडियोमा युवकहरु पतञ्जलीका उत्पादनमा व्यङ्ग्य गर्दै‌ ुदूध बिस्कुटु को तुलना डिस्कभरी च्यानलको कार्यक्रमसँग गरेका छन् ।

डिस्कभरी च्यानलको कार्यक्रममा किरामा धेरै प्रोटिन हुने व्याख्या गरिएको हुन्छ। त्यही कारण ती युवाले पतञ्जलीप्रति कटाक्ष गर्दै बाबा रामदेवले जनतालाई प्रोटिनयुक्त बिस्कुट बाँडिरहेको उल्लेख गरेका छन्। कारोबार दैनिकमा खबर छ।
….
….





Comments

comments

Leave a Reply

15847