Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोलोराडोमा कलाकार गोविन्दसिंह रावत अभिनन्दित

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
जनवरी १४, कोलोराडो, अमेरीका। साहित्य तथा कलाको क्षेत्रमा ख्याती कमाएका प्रध्यापक डा. गोविन्दसिह रावतलाई कोलोराडोमा एक समारोहबीच अभिनन्दन गरिएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिबार सम्पन्न कवि गोष्ठी समारोहमा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कबि कवयित्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितिमा साहित्यकार तथा कलाकार प्रध्यापक डा.गोविन्दसिह रावतलाई अभिनन्दन गरिएको हो।

कार्यक्रमका बिशेष आतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्माले फूलको माला लगाई दिइ तथा आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले सम्मान पत्र प्रदान गरी रावतलाई सम्मान गरेका हुन् । अभिनन्दित ब्यक्ति रावतले नेपाली भाषा साहित्य तथा कलाको क्षेत्रमा पुर्याएको योगदानको बारेमा अन्तर्राष्ट्रिय कलाकार मंचका अध्यक्ष साबु गदाल र बिशेष अतिथि पदम बिकले प्रकाश पारेका थिए भने समिक्षा डा.विजयराज शर्माले गरेका थिए।
….
[wds id=”4″]
….
यसरी अभिनन्दन कार्यक्रममा उपस्थित हुनेहरुमा नेपाली घरका अध्यक्ष योगराज गौतम, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, प्रवासी नेपाली मंचका अध्यक्ष जगत श्रेष्ठ, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, अन्तर्राष्ट्रिय कलाकार समाजका अध्यक्ष निर्मल प्याकुरेल, किरात राई समाजका आकाश राई, ब्लड डोनर्स अफ अमेरिकाका भुषणलाल श्रेष्ठ लगायतका संघ संस्थाका प्रतिनिधी तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

मुलुकले भर्खरै गुमाएका भाषा कला तथा साहित्यका दुई हस्तिहरु कमलमणी दीक्षित र बिष्णुभक्त फुयालको संझनामा मौनधारण पछि सुरु भएको कार्यक्रमा आयोजक संस्थाका सचिव दामोदर लुईटेलले कार्यक्रमा उपस्थित सबैलाई स्वागत गरेका थिए भने महासचिव गौतमसागर राईले कार्यक्रम संचालन गरेका थिए।
….
[wds id=”2″]
….
कार्यक्रमको दोश्रो सत्रमा कबिता तथा साहित्य सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । यसमा झण्डै डेड दर्जज भन्दा बढि कवि, कवयित्री, गायक तथा कलाकारहरुले आ–आफ्नो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयित्रीहरुले गद्य, पध्य, श्रृंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु बाचन गरेका थिए । केहिले गीत र केहिले अभिनय र अनुभबहरुपनि प्रस्तुत गरेका थिए । मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आफ्नो भाषा सस्कृति, जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ।





Comments

comments

Leave a Reply

15912