Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा यसरी मनाइयो यलेदुङ निदुङ र माघे संक्रान्ति

ईश्वर चाम्लिङ / एचकेनेपाल डट कम –
किरात राई चाम्लिङ खाम्बातिम युकेको आयोजनामा किरात सम्बत यलेदुङ निदुङ ५०७७ तथा माघे संक्रान्ति भब्यरुमा सम्पन्न भयो।

पहिलो किराती राजा यलम्बरलाई पानीको मुहानको प्रतिक मान्दै यलम्बर धाराको स्थापना गरि पुर्खाहरुलाई पुकार र पूजा गर्दै नयाँ सम्बतको नयाँ दिनलाई सबैले स्वागत गरे।

आदिम कालमा पुर्खाहरुले खाने कन्दमूल, गिठा, भ्याकुरको सम्झना गर्दै बिभिन्न कन्दमुल साथै गुन्द्रुक, सेलरोटी, तीनपाने रक्सि, वासिम, बोसेसा भुटुवा जस्ता किराती मौलिक खानाहरुको ब्यबस्था गरिएको थियो । अति मौलिक ढंगले आयोजना गरिएको कार्यक्रम स्थलको बिचौ मैदानमा ठूलो आगो बालिएको थियो र आगो ताप्दै मादले गीतागेंहरु गाउघरमा गाइने गीतहरु गाइरहेका थिए । चाम्लिग समुदायमा प्रचलित तुम्सा (कार्यक्रमहरुमा जाड, रक्सि पेय पदार्थ बाडिने चलन) बारम्बार घुमिराखेको थियो । कार्यक्रम स्थल मै पाकेको तीनपानेको तुम्सा सारै चर्चित बनेको थियो । यलेदुङ निदुङ ५०७७ को खुशियालीमा शाकेला शिली पनि नाचिएको थियो।

संस्थाको अध्यक्ष रत्न कुमार राईको अध्यक्षता आयोजित कार्यक्रममा उपाध्यक्ष बम चाम्लिङले स्वागत मन्तब्य गरेको थिए।
….
[wds id=”4″]
….
संस्थाको महिला उपाध्यक्ष भाग्यवती राईले यलेदुङ निदुङ तथा माघे संक्रान्तिको महिमाको बारेमा चाम्लिङ भाषामा प्रकाश पारेका थिए। संस्थाका सल्लाहकार तथा संघीय समाजबादी फोरमका केन्द्रिय सदस्य भगवान चाम्लिङ, उपाध्यक्ष क्याप्टेन बद्रि कुमार राई लगायतले शुभकामना मन्तब्य राखेका थिए।

महासचिब ईश्वर चाम्लिङ र सचिब बिश्वकाजी राईद्वारा संचालन गरिएको कार्यक्रममा कार्यसमितिले चयन गरेको संस्थाका नया सल्लाहकारहरु पनि घोषणा गरिएको थियो। नया सल्लाहकार समितिमा तेज बहादुर राई, पदम राई, जगत बहादुर राई, दिल बहादुर राई, अम्बर राई, रत्न राई, अमृत राई, अविरत्न राई, गंगा राई, श्रीमती गंगा राई, भगवान चाम्लिङ र किताबसेर राई रहेको जानकारी गरियो।
….
[wds id=”2″]
….
कार्यक्रममा खटिने सबैलाई धन्यबाद ज्ञापन गर्दै चाम्लिङ खाम्बातिम पहिचान जोगाइराख्नको लागि सदैब अग्रसर रहने र त्यसको लागि सबैको साथ सहयोगको अपेक्षा सहित भाबी कार्यक्रमहरुमा भेट्ने बाचा गरेर अध्यक्ष रत्न कुमार राईले साँझ कार्यक्रम समापन गर्नुभयो।

थप फोटोहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

15910