Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ओलीले गर्ने भनेको पुलको शिलान्यास माओवादी नेताले अघिल्लै दिन गरिदिए …

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शिलान्यास गर्ने भनिएको झापाको दमक १७ हुँदै मोरंगको राजघाट–९ जोड्ने बेतेनी-माँवा-आम्बारी पुल बुधबार नै माओवादी केन्द्रका नेताले शिलान्यास गरेका छन्।

आफूहरुको पहलमा पारेको योजनाको पुल एमाललेले थाहा नदिई उद्घाटन गर्न लागेको भन्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरी ‘गगन’ ले बुधबार शिलान्यास गरेका हुन्।
….
[wds id=”14″]
….
पुल ओलीको पहलमा नभई आफूको पहलमा पारेको केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर ७ का इञ्चार्ज समेत रहेका पुरीको दाबी छ। ओलीले सोही पुल बिहीबार १२ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको थियो। शिलान्यास कार्यक्रममा बोल्दै पुरीले आफूहरुलाई खबरनै नगरी एमालेले एकलौटी ढंगबाट पुलको शिलान्यास गर्ने तयारी गरेकाले आफूहरुले प्रतिकार गर्नु परेको बताए।

उनले भने, ‘ओलीजी, यो देशको पूर्वप्रधानमन्त्री हो, यो पुल शिलान्यास गर्न उहाँलाई अधिकार छ, तर हामीले दुःख गरेर योजनामा पारेको पुलको शिलान्यासको खबर त कमसेकम हामीलाई हुनुपर्ने थियो। त्यो भएन त्यसैले यसको प्रतिकार स्वरुप पुलको शिलान्यास गर्नुपरेको हो।’कार्यक्रममा बोल्दै पुरीले ओली शिलान्यासको ठेकेदार भएको आरोप लगाए। अन्नपूर्ण पोष्टमा दैनिकमा खबर छ।
….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

15967