Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

७५० मेगावाटको पश्चिमसेती चिनीयाँ कम्पनी थ्री गर्जेजले बनाउने

काठमाडौँ: पश्चिमसेती जलविद्युत् आयोजना अघि बढाउन नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले स्वीकृति दिएको छ।

प्राधिकरणको सञ्चालक समितिको बैठकले चिनियाँ प्रवर्द्धक थ्री गर्जेजबीच आयोजनाका लागि भएको संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गर्दै सोको जानकारी लगानी बोर्डलाई समेत गराउने निर्णय गरेको हो।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले सो आयोजना नेपालको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

कूल ७५० मेगावाट क्षमताको र करिब एक खर्बलागत लाग्ने सो आयोजनामा ७५ प्रतिशत लगानी थ्री गर्जेजको र बाँकी प्राधिकरणको हुनेछ।
….
[wds id=”14″]
….
उनले आयोजना अघि बढाउन सरकारको निर्देशनअनुसार नै चिनियाँ लगानीकर्तालाई सञ्चालक समितिबाट आमन्त्रण गरिएको जानकारी दिए ।

पाँच वर्ष अघि आयोजना विकास सम्बन्धमा सरकार र चिनियाँ पक्षबीच प्रारम्भिक सम्झौता भए पनि प्रवर्द्धकले प्रसारण लाइन पुनःस्थापना, मुअब्जालगायत विषयमा नेपालको निर्णय पर्खेको थियो।

कूल ७५० मेगावाट क्षमताको र करिब एक खर्बलागत लाग्ने सो आयोजनामा ७५ प्रतिशत लगानी थ्री गर्जेजको र बाँकी प्राधिकरणको हुनेछ।

अछाम र डोटीको सीमाना भएर बग्ने सेती नदीमा निर्माण हुने आयोजनाले बढी विद्युत् माग हुने साँझको समयमा सञ्चालनका लागि उपयुक्त आयोजना मानिन्छ। रासस
….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

15969