Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पाहुना टोली सिक्किम यूनाईटेडलाई पराजित गर्दै सहारा सेमिफाईनलमा


सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

दीननाथ बराल –
पोखरा ८, माघ। आयोजक सहारा क्लव पोखरामा जारी १५ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता २०७३ को सेमिफाईनलमा प्रबेश गरेको छ।

शनिबार बाक्लो दर्शकहरुको सहभागिता रहेको पहिलो क्वाटरफाईनल खेलमा गत बर्षकै ईतिहास दोहोराउदै पहिलो क्वाटरफाईनमा सहाराले पाहुना टोली भारतको सिक्किम यूनाईटेडलाई टाइब्रेकरमा ४–२ को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समय र ३० मिनेटको अतिरिक्त समयमा पनि दुबै तर्फ गोल रहित खेल बराबरीमा पुगे पछि निर्णायकको लागि खेल टाईब्रेकरमा धकेलिएको हो । टाईब्रेकरमा सहाराका शुुसन गुरुङ, शिव सुवेदी, रमेश मगर र उत्तम गुरुङले गोल गरेका हुन।

टाईब्रेकरमा सिक्किम युनाईटेडका सप्स्टिच्यूट खेलाडी सोनाम थुप्देनन र आसिस क्षत्रीले गोल गर्न नसके पछि पाहुना टोलीलीले यस बर्ष पनि आयोजक सहारासंग पहिलो क्वाटरफाईनलमा पराजित हुनु परेको हो । थुप्देनले प्रहार गरेको पेनाल्टी सुट पोष्ट माथिबाट बाहिरिएको थियो भने क्षत्रीले प्रहार गरेको पेनाल्टी सुट सहाराका गोलरक्षक सुजित गुरुङले उत्कृष्ट बचाउ गरेका हुन । टाईब्रेकरमा युनाईटेडका संजय क्षत्री र फुर्वा छिरीङ भुटियाले गोल गरे । खेलमा यूनाईटेड सिक्किमका संजय क्षेत्री म्यान अफ दी म्याच घोषित भए।

खेलको २८ औं मिनेटमा यूनाईटेडका नादोङ भुटियाले पोष्टमा चार्ज गरेको वल क्रस वारमा लागेर रिवाउण्ड भएको थियो । त्यस्तै राम्रो गोल गर्ने अर्को अवसर युनाईटेडले खेलको ६१ औं मिनेटमा गुमाएको थियो । संजय क्षेत्रीले प्रहार गरेको फ्रिकिक वल नादोङ भुटियाले गरेको हेड सेकेण्ड वारमा लागेर रिवाउण्ड भएको थियो । त्यसै गरी अन्य गोल गर्ने अवसरहरु खेर जादा यस पाली पनि युनाईटेड आयोजक सहारासंग पराजित हुनु पर्यो । सहाराका विदेशी खेलाडी मार्टिरिसले पाएका ४÷५ अवसर, खेर गएका थिए भने शिव सुवेदीको प्रहार पनि खेर गएका हुन्।

सिक्किमका प्रशिक्षक अर्जुन राईले आफुहरुले पाउका केहि वलहरु क्रसवारर पोलमा लागेर फर्किनु दुर्भाग्य भएको बताए । अतिरिक्त समयको अन्तिम अबस्थामा फ्रिकिको अवसर दिनुपर्नेमा रेफ्रिले त्यो अवसर नदिएकोमा उनले गुनासो गरे। उनले भने “ समय त सकिएको थियो तर वल फल हुदा सम्म हुसिल नबजेकोले रेफ्रिले पाएको फ्रिकिक सम्म हान्न दिनुपर्ने हो । ” सहाराका प्रशिक्षक किरण श्रेष्ठले विपक्षि टिम राम्रो भएकोले गर्दा पनि जित निकाल्न टाइब्रेकरमै कुुर्नु परेको बताए । सेमिफाईनल खेलमा अझै खेलमा राम्रो तालमेल मिलायर खेल्ने जनाए । आफ्ना भरपर्दो खेलाडी मार्टीनले पाएका अवसरलाई सदुपयोग गर्न नसकेको समेत उनले जनाए ।
….
[wds id=”2″]
….
सहाराले उद्घाटन खेलमा ४–० ले सुदुरपश्चिमको स्पोटीङ क्लवलाई पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाउदा सिक्किम युनाईटेडले वाइ पाएर क्वाटरफाईनलमा यात्रा तय गरेको थियो । सहाराले पहिलो सेमिफाईनल खेलमा झापा ११ र त्रिभुवन आर्मी विचको विजेता टिमसंग माघ १२ गते प्रतिष्प्रर्धा गर्ने भएको छ।

भोलि आईतबार दोश्रो क्वाटर फाईनल खेलमा आहा राराको ४ पटकको विजेता लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लव बिरुद्ध धरान फुटवल क्लव बिच खेल हुने भएको प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए । डिफेण्डिङ च्याम्पियन मनाङ सिधै वाई पाएर क्वाटरफाईनलमा यात्रा बनाउदा धरानले सशस्त्र प्रहरी वलको एपिएफलाई पराजित गर्दै क्वाटरफाईनलमा यात्रा तय गरेको हो।





Comments

comments

Leave a Reply

15992