Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संकटासंग पुलिस स्तब्ध, नेपाल पुलिस क्लव पहिलो चरणबाटै बाहिरियो…

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

दीनानाथ बराल / एचकेनेपाल डट कम –
पोखरा ७, माघ। आहा रारा गोल्ड कपमा क्याराभान गोल्ड कपसहित पाँच पटकको विजेता नेपाल पुलिस क्लव अन्ततः यस बर्ष पनि पहिलो चरण अर्थात पोखरामा जारी १५ औं आहा रारा गोल्ड कपको को प्रि–क्वाटरफाइलबाट बाहिरिएको छ।

आहा राराको दाबेदारको रुपमा रहेको पुलिसलाई सी एम सी क्लव संकटाले शुक्रबार पोखरा रंगशालमा भएको खेलमा २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाएको हो । संकटाको जितमा विश्व अधिकारी र अनिल गुरुङले गोल गरे भने पुलिसका रवि शिल्वालले गोल गरे । खेलको ३५ औं मिनेटमा पुलिसका रवि पास्वानले धुलमुलमा गोल गरी आफ्नो टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको संकटाले दोश्रो हापमा रणनितिक सुधार गर्दै आफ्नो खेलमा गोलको संकट टार्न सफल भयो । खेलको ६४ औं मिनेटमा विश्व अधिकारीले फ्रिकिकमा गोल गरी खेल बराबरीमा पु¥याए । संकटाका अमित तामाङलाई पुलिसका विक्रम धिमालले लडाए पछि रेफ्रि विकास महतले फ्रिकिको अवसर दिएका हुन । फ्रिकिको अवसरलाई करीब ३० यार्ड नजिकबाट अधिकारीले गोल गर्न सफल भए । संकटाको खेलमा रणनितिक परिवर्तन गर्न सफल विश्व अधिकारी खेलमा म्यान अफ दी म्याच घोषित भए।
….
[wds id=”2″]
….
खेलको ८७ औं मिनेटमा सप्स्टिच्यूट खेलाडी अनिल गुरुङले गोल गरी आफ्नो टिमलाई २–१ ले अग्रता दिलाए । खेलको ६१ औं मिनेटमा सुनिल केसीको स्थानमा मैदानमा छिरेका गुरुङले मैदान छिरेको २६ औं मिनेटमा गोल गरेका हुन । विश्व अधिकारीले पेनाल्टी यरीना जनिकबाट प्रहार गरेको वल रिवाउण्ड हुदा उक्त वललाई अनिलले गोल गरेका हुन । आहा राराको ४ पटकको विजेता पुलिस सुक्रबारको खेलमा संकटासंग स्तब्ध भएको छ । गत बर्ष पनि पुलिस झापा ११ संग पहिलो चरणको खेलमा २–० ले पराजित भएको थियो । पुलिसका कप्तान जुमानु राई, रवि पास्वान, तिर्थ रानाले पाएका केहि अवसरहरु खेर जादा अन्ततः यस बर्ष पनि आहा राराको उपाधि चुम्ने सपना अधुरै रहेको छ ।

संकटाका सुनिल वल, विश्वास श्रेष्ठ, दिपेश श्रेष्ठ, विश्व अधिकारीले प्रहार गरेका केहि अवसर सदुपयोग हुन नसक्दा गोल अन्तर फराकिलो पार्न चुक्यो।

पुलिसका प्रशिक्षक कुमार खट्वालले आफ्ना खेलाडीहरुको कारण हार भएको बताए । उनले भने “ हामीले पहिलो हाप राम्रो थियो, दोश्रो हाप पछि खेलाडीहरुको राम्रो तालमेल मिल्न सकेन, डिफेन्स, मिडफिल्ड सवै क्षेत्रमा कमजोर हुदा हामीले हार्नु पर्यो, हाम्रो टिममा नयाँ खेलाडीहरु बढी भएकोले हाम्रो टिम खासै राम्रो भने छैन ।” संकटाका प्रशिक्षक सल्यान खड्गीले आफ्नो रणनितीमा खेलाडीहरुले खेलेको कारण पहिलो हापमा १–० ले पछि परे पनि दोश्रो हापमा आफ्नो जित भएको दाबी गरे ।

भोलि शनिबार देखि १५ क्वाटरफाईनलका खेलहरु सुरु हुदैछन । शनिबार पहिलो क्वाटरफाईनल खेलमा आयोजक सहारा क्लव बिरुद्ध पाहुना टोली भारतको सिक्किम युनाईटेड फुटवल क्लव बिच हुने भएको प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए । सहाराले उद्घाटन खेलमा ४–० ले सुदुरपश्चिमको स्पोटीङ क्लवलाई पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाउदा सिक्किम युनाईटेडले वाइ पाएर क्वाटरफाईनलमा यात्रा तय गरेको हो।





Comments

comments

Leave a Reply

15986